Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

निषेधाज्ञामा पनि राेकिएन भारतबाट पर्सा आउने क्रम

spot_img
spot_img

वीरगंज । निषेधाज्ञामा पनि भारतबाट आउने क्रम रुकन सकेकाे छैन् । पर्साकाे खुला सिमानाका भएर भारतबाट नेपाल आउने क्रम जारी नै रहेकाे फेला परेकाे छ ।

पर्साका ३९ जनामा एकै दिन काेराेना संक्रमण पुष्टि भए पछि स्थानिय प्रशासनले बैशाख ३० गते सांझ ८ बजे देखी जिल्ला भरी जेठ ५ गते सम्म निषेधाज्ञा जारी गरेकाे छ । त्यहीं दिन देखी सम्पूर्ण सिमानाकाबाट आवातजावत पूर्ण रुपले राेक लगाइएकाे भनिए पनि यहीं अवधिमा भारतबाट ६ जना पर्साकाे सखुवा प्रसाैनी पुगेका छन् ।

भारतकाे युपि, दिल्ली र सुरतबाट सखुवा प्रसाैनी गाउँपालिकामा आएका ६ जनालाई गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताउनुभयाे। निषेधाज्ञामा पनि हिजाे सांझ भारतबाट आएका ३ जना र आज विहान मात्र आएका ३ जनालाई श्री दिपनारायण मावि औंराहा पांचगावा स्थित रहेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे संयाेजक राैनियारले जानकारी गराउनु भयाे ।

यस्तै वीरगंजकाे श्रीसियाबाट आएका एक जनलाई पनि गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे छ ।

सबै जनालाई १४ दिन सम्म क्वारेनटाइनमा मै राखिने र काेराेना परिक्षण भए पछि मात्र घर पठाइने प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताउनुभयाे ।

यस अघि देखी पनि सखुवा प्रसाैनी गाउँपालिकाकाे क्वारेन्टाइनमा एक जना थिए र आज मात्र एक महिला सहित ७ जना थपिए पछि ८ जना भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...