Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लखनपुरका शिव साहले व्यक्तिगत लगानीमा बाँडे राहत

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका लकडाउनमा प्रभावित एक सय ५४ गरिब परिवारलाई स्थानीय शिव कुमार साहले राहत वितरण गरेका छन् ।

साहले राहतमा चामल १२.५ किलाे, हरियो तरकारी २ किलाे. (बोडी, कराईला), साबुन १ पिस, आयोडिन नुन १ किलाे र सर्जिकल माक्स लगायतको सामाग्री वितरण गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लामो समयकाे लकडाउनमा समस्यामा परेका गाउँका अति गरिब, विपन्न परिवारलाई आफ्नाे व्यक्तिग लगानीमा राहत वितरण गरेकाे साहले वताए ।

अति बिपन्न र गरिब परिवारको स्वास्थयको खयाल गर्दै राहत सामाग्रीमा हरियो तरकारी वितरण गरिएको छ । एकातिर किसानले उत्पादन गरेको हरियो तरकारी बजार नपाउनु र उपभोक्ताले खरिद गर्न नसकनुको समेत मध्यनजर गरि दुबैको सहजताको लागि राहतमा हरियो तरकारी वितरण गरिएको जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष समेत रहेका साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...