Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

लखनपुरका शिव साहले व्यक्तिगत लगानीमा बाँडे राहत

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरका लकडाउनमा प्रभावित एक सय ५४ गरिब परिवारलाई स्थानीय शिव कुमार साहले राहत वितरण गरेका छन् ।

साहले राहतमा चामल १२.५ किलाे, हरियो तरकारी २ किलाे. (बोडी, कराईला), साबुन १ पिस, आयोडिन नुन १ किलाे र सर्जिकल माक्स लगायतको सामाग्री वितरण गरेका हुन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लामो समयकाे लकडाउनमा समस्यामा परेका गाउँका अति गरिब, विपन्न परिवारलाई आफ्नाे व्यक्तिग लगानीमा राहत वितरण गरेकाे साहले वताए ।

अति बिपन्न र गरिब परिवारको स्वास्थयको खयाल गर्दै राहत सामाग्रीमा हरियो तरकारी वितरण गरिएको छ । एकातिर किसानले उत्पादन गरेको हरियो तरकारी बजार नपाउनु र उपभोक्ताले खरिद गर्न नसकनुको समेत मध्यनजर गरि दुबैको सहजताको लागि राहतमा हरियो तरकारी वितरण गरिएको जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष समेत रहेका साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...