Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सामा निषेधाज्ञा जारी, सेना समेत परिचालन गरिने

spot_img
spot_img

वीरगंज । पर्सामा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण व्यापक बन्दै गएको र यसैक्रममा आज मात्र ३९ जनाको कोभिड —१९ को संक्रमण पुष्टि भएकोले संक्रमण अन्यत्र फैलन नदिन रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आज पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेकाे जिल्ला सुुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।

बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम आज साँझ ८ बजेदेखि २०७७ जेठ ५ गते राति १२ बजेसम्म पर्सा जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने र उक्त निषेधाज्ञा अवधिभर लागू हुने गरी निम्न आदेशहरु जारी गर्ने निर्णय गरेकाे छ ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन पाइने छैन ।शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द रहने छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने बैठककाे निर्णय छ ।

सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाकाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाउन र अन्य जिल्लाबाट हुने मानिसहरुको आवातजावत समेत मिति २०७७ जेठ ५ गते राती १२ बजेसम्मका लागि बन्द गरिएकाे छ ।

भारतबाट नेपाल आउने तरकारी ढुवानी गर्ने मालबाहक साधनलार्ई रजतजयन्ती चौकमा मात्र पल्टी गर्न दिने । त्यस्तो तरकारीलाई अन्य जिल्लाको लागि मात्र ढुवानी गर्न दिने तर पर्सा जिल्लाको लागि ढुवानी तथा बिक्री वितरण गर्न नदिने बैठककाे निर्णय छ ।

निषेधाज्ञा अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही समेत गरिने छ ।

कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र Contract Tracing गरी चेकजाँचको कामलाई तीब्र पार्ने । यसको लागि जनशक्ति सहित थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेकाे छ ।

यसका साथै कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने बैठकमा निर्णय भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...