Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्साका ३९ संक्रमित मध्ये एक भारतिय सहित १४ जना ग्रामिण भेगका

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना मध्ये १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

उनले भने “शनिबार क्वारेन्टाइनमा रहेका ५७ र क्वारेन्टाइनबाट घर गइसकेका ८ जना गरी ६५ जनाकाे स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि पठाइएकाे थियाे । जसकाे आज आएकाे रिपाेर्टमा १४ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।”

उनका अनुसार काेराेना संक्रमण देखिएकाहरु छिपहरमाई गाउँपालिकाकाे जयमंगलापुरका ७ जना, तुलसी बर्वाका एक जना, भिस्वाका एक जना, सम्भाैताका २ जना, धाेबिनी गाउँपालिकाका २ जना र एक भारतिय नागरिक रहेका छन् ।

संक्रमण फेला परेका सबै जना हाल भिस्वा स्थित गाउँपालिकाकाे क्वारेन्टाइनमा नै रहेका छन् । संक्रमित सबैजनालाई वीरगंज स्थित नारायणी अस्पतालमा उपचारकाे लागि पठाउन तयारी भइरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

उनका अनुसार संक्रमण फेला परेका सबै जना बैशाख १३ गते बागलुङबाट एउटै बसमा आएका थिए ।

उनले भने “एउटै बसमा बागलुङबाट आएका ४६ जनालाई नै हामी क्वारेन्टाइमा राखेका थियाैं । तिनीहरु कै काेराेना परिक्षण गर्दा केहीमा नतिजा पाेजेटिभ आएकाे हाे । अब बाकी सबै जना पनि ३ दिन देखी संक्रमितसंगै बस्दै आएका छन्, तिनिहरुकाे चेकअप गरे पछि मात्र घर पठाइन्छ ।”

काेराेना पुष्टि भएका पर्साका ३९ जना मध्ये १४ जना छिपहरमाईकाे क्वारेन्टाइनका रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...