Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

अब नेपालि जनता चुप बस्ने छैनन्

spot_img
spot_img

भारतले केहि दिन पहिला नेपाली भूमि लिपुलेकमा बनाएको सडक उद्धघाटन गरेको कार्यप्रति नेपालमा व्यापक विरोध भएको छ। विश्व नै महामारी बिरुद्ध लडिरहेको बेला आफुलाई नेपालको असल मित्र भन्न कहिलै नचुक्ने भारतले नेपालि भूमि अतिक्रमण गर्नु धोका हो । हुन त नेपाल सरकार स्पष्ट छ र सधै भन्दै आएको छ कालापानी क्षेत्र नेपालको भूभाग हो। तर देशको नक्सामा किन समेट्न सकिएन कुरा अस्चार्या जनक छ ।

नेपाली विज्ञहरू कालापानी क्षेत्र नेपालको भूमि भएको र भारतले बलमिच्याइँ गरेको बताउँछन। तर कालापानी आफ्नो नक्सामा पारेपछि भारत भन्छ, ‘७० वर्षदेखि चलेको सीमा’ हो । भारतको लागि नेपाली भूमि मिच्नु नौलो कुरा हाेइन । यो देशको सार्वभौमिक्तामाथि पटक पटक भारतले हस्तक्षेप गर्दै आएको छ तर अब नेपालि जनता चुप बस्ने छैनन् । मित्र राष्ट्र भन्दै आएको भारतको यो रवैया प्रति नेपालि जनताको गम्भीर ध्यानआकर्षण भएको छ । नेपालले अब यो मुद्दा अन्तराष्ट्रिय स्तर सम्म पुर्‍याउने आवश्यकता देखिन्छ ।

दुष्ट छिमेकीकाे विरुद्धमा नेपालका पुर्व तथा तत्काल सरकार गम्भिरतापूर्वक छलफल नगर्नुको उपज हो । लिपुलेकमा भारतले गरेको सडकको उद्धघाटन । अब पनि सरकारले यस विषयमा गम्भिरतापूर्वक निर्णय लिएन भने कालापानी नेपालले गुमाउने छ । देशमा अब बिरोधको आगो शल्कि सकेको उदाहरण हो । देशकै ठुलो संगठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पोखरामा पुत्ला दहन र माइतीघर मण्डलामा बिरोध प्रदर्शन । अब पनि सरकार आफ्नो जिम्मेवारीबाट पंक्षीन खोजे जनताले स्वयम् आफै निर्णय गर्ने छ ।

मेराजुल हवारी
विद्यार्थी नेता
अनेरास्ववियु, पर्सा

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...