Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

छिपहरमाईमा एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीमा आज एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मी घर भएका माेतिलाल यादवकी ७ बर्षिय अंजली कुमारी यादवकाे पाेखरीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी स्थित शिव राउतकाे घरमा (मामा घर) आएकी अंजलीकाे माछा मार्ने क्रममा पाेखरीमा डुबेर मृत्यु भएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनुभयाे ।

बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे खबर थाह पाए लगतै प्रहरी घटना स्थलमा पुगी शवकाे मुचुल्का उठाई परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउने कार्य गरि रहेकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...