23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिश्व रेडक्र्स दिवसकाे अवसरमा विभिन्न कार्यक्रम


वीरगंज । रेडक्र्सका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर आजका दिन विश्वभरी नै बिश्व रेडक्र्स दिवस मनाउने गरिएकोमा यस बर्ष कोरोना महामारी संक्रमणलाई ध्यानमा राखी पर्सा रेडक्र्सले पनि विभिन्न कार्यक्रम गर्दै दिवस मनाएको छ ।

नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्लाका उपसभापति श्रीमती मधु राणाको अध्यक्षतामा झन्डोतोलन कार्यक्रम गरि जन्मदाताको तस्बिरमा माल्याअर्पण गरि पानसमा दिपप्रजवलन गरि सहभागी सबैमा सो दिवसको मन्तव्य सहित शुभकामना आदानप्रदान गर्ने कार्य गरिएको थियो ।

झण्डोतोलन एवं दिपप्रज्वलन पछि स्व.गिरिजा प्रसाद कोइराला फाउन्डेसनको सहयोगमा रेडक्र्स भवन र रक्तसञ्चार केन्द्रको भवनलाई सेनिटाइज गर्ने कार्यमा मन्त्री शैलेन्द्र कुमार चौरासीया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहमद एराज, दिनानाथ रौनियार, लालबाबु सिह, भरत शर्मा, राजु शाह, उदर राज शर्मा, उमेस मिश्र, बिरशम्सेर प्रसाद कुर्मी, लक्ष्मीनारायण राउत, मन्ताज मिया लगायतको उपस्थिति रहेको थियो ।

बिश्व रेडक्र्स दिवसकै अवसर पारेर नेपाल रेडक्र्स श्रीपुरमुर्ली उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम उपशाखाका सभापति दयाशन्कर सिंहको अध्यक्षतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ८ जना महिला सहित ३१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरि शुभकामना एवं धन्यवाद ब्यक्त गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका सुजित पटेल, सन्दिप कुश्वाहाले प्राबिधिक सहयोग गरेका थिए ।

यस्तै रेडक्रस दिवसको अवसरमा पर्सा रेडक्र्स अन्तर्गत रहेका उपशाखाहरुले समेत विभिन्न कार्यक्रम गरि दिवस मनाएको रेडक्र्स पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:217. Generation time:5.201 sec. Memory consumption:81.48 mb