वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका २२ जनाकाे काेराेना परिक्षण गरिएकाे छ ।
वडा नं. ३ हरिहरपुर स्थित श्री ने.रा. आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा रहेका १४ जनाकाे आरडिटी टेस्ट र ८ जनाकाे पिसिआर टेस्ट गरिएकाेमा सबैकाे रिपाेर्ट नगेटिभ आएकाे गाउँपालिकाका स्वास्थ्य सह संयाेजक महेन्द्र चाैरसियाले वताए ।
क्वारेन्टाइनमा रहेका २९ जना मध्ये काेराेना परिक्षण गरिएका २२ जनाकाे रिपाेर्ट नगेटिभ आए पछि तिनिहरुकाे अभिभावकाे जिम्मा लगाइएकाे चाैरसियाले जानकारी गराए । अभिभावकका जिम्मा लगाइएका सबै जनालाई एक हप्ता सम्म हाेम क्वारेन्टाइन मै बस्नु पर्ने छ ।
क्वारेन्टाइनमा रहेका ७ जना काेराेना परिक्षण गर्न अझै वाकी रहेकाे आज फेरी नयाँ ३ जनालाईलाई क्वारेन्टाइनमा राखिएकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताए । पालपाबाट ट्रकमा आएका तिनै जनालाई क्वारेन्टाइनमा राखिएकाे प्रमुख चाैरसियाले जानकारी गराए ।
हाल एक महिला सहित १० जना गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाे छन् भने ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टाइन मै बस्नु पर्ने छ । सबै जनाकाे पिसिआर परिक्षण गरिने छ ।