Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बिन्दवासिनीबाट लागु औषध सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज ।  लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार राती १० बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी अम्मरपट्टीबाट खटीएको प्रहरी गस्ती टोलीले बिन्दवासिनी गाउँपालिकाकाे वडा नं.०४ अम्मरपट्टी झौवा सडक खण्ड स्थितबाट  लागु औषध सहित तिनै जनालाई पक्राउ गरेकाे हाे ।

पर्साकाे विरगंज महानगरपालिका वडा नं. ११ रानिघाट वस्ने वर्ष ४० को प्रभात साह कानुले, साेही ठाउँ वर्ष २९ को संतोष साह र बर्ष ३५ को अशोक चौधरीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनुभयाे । तिनै जनाकाे साथबाट लागु औषध फेला परेको हुदाँ नियन्त्रणमा लिई इप्रका पाेखरियामा ल्याई लागु औषध सम्वन्धी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयाे ।

निजहरुकाे साथबाट ONEREX ( Chlorphenirarime Maleate & Codeine Phosphate Syrup) ३८ वोतल, NORAD (Sterile Noradrenaline Concentrate I.P.) लेखिएको ईन्जेक्शन ५० एम्पुल, Neoclovir (Aciclovir Intravenous Infusion I.P.) लेखिएको ईन्जेक्शन १५ थान, HUCOG-5000 HP (Highly Purified Chorionc Gonadotophin) Injection 500 I.u. ५० थान, RHOCLONE (Anit–D Rho Lmmunoglobulin Monoclonal लेखिएको ईन्जक्शन ५ थान, WEPOX* 4000 (Erythropoietin Injection IP 4000 I.U लेखिएको ईन्जक्शन १२ थान, Enoxaparin Sodium Injection (I.p/60mg/o.6ml) लेखिएको ईन्जक्शन २० थान, Cerviprime 0.5 mg (Dinoprostone Gel) लेखिएको निडिल सहितको ईन्जेक्शन ६० थान, Red Pam Injection (Pralidoxime Iodide Injection 500 mg) लेखिएको ईन्जेक्शन २५ थान बरामद भएकाे इप्रका पाेखरियाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...