Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पलङ भित्र लागु औषध लुकाई छिपाई बिक्री गरिरहेका ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । घरमा बक्स पलङ भित्र लागु औषध लुकाई छिपाई बिक्री गरिरहेकाे आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३ बस्ने बर्ष ४६ का सन्ताेष पटेल, निजकी श्रीमती बर्ष ३७ की बबिता देवी, छाेरा बर्ष २८ का टिंकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वाभाठा बस्ने बर्ष २८ का राजनाथ यादव र बाराकाे प्रसौनी गाउँपालिका वडा नं.३ नौतन बस्ने बर्ष ३२ को मुग्रिम साहलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि भइरहेकाे सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चका इन्चार्ज प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वमा गएकाे टाेलीले आज विहान ४ बजे वीरगंज ३ स्थित सन्ताेष पटेलकाे घरमा छापा हानी निज सहित ५ जनालाई पक्राउ गरेकाे हाे ।

सन्ताेषकाे घरमा छापा हानी खानतलासी गर्दा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा लागु औषध  Dialex-Dc ८७ बोतल (१००ML), Onerex-१०३ बोतल(१००ML), Nitrazepam-२० पिस, Nitravet- ३६ पिस र Simplexct-८ पत्तामा ५७ पिस फेला पारी निज सन्तोष सहित पांच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...