वीरगंज । काे-ओपरेटिभ म्यानेजर्स क्लब पर्साले वीरगंज महानगरपालिकाकाे काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेषमा आर्थिक सहयाेग गरेकाे छ ।
काे-ओपरेटिभले काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रण काेषबाट महानगरलाई रु २५ हजार सहयाेग गरेकाे हाे । सहयाेग रकम बराबरकाे चेक काे-ओपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालले वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भयाे ।
काेराेना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि थाेरै भएपनि सहयाेग पुगाेस भन्ने अभिप्रायले उक्त रकम सहयाेग गरिएकाे काे-ओपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चाैरसियाले वताउनुभयाे ।
काे-ओपरेटिभ म्यानेजर्स क्लब पर्साका महासचिव रवि भुषण श्रीवास्तव र संचालक रामबाबु चाैधरीले सहयाेग बारे जानकारी गराउदै जिल्ला भरीकाे सहकारी संस्थाले सम्बन्धित स्थानिय सरकारमा मार्फत सहयाेग र सेवामा जुटन अपिल समेत गर्नुभयाे।
चेक बुझ्दै मेयर सरावगीले सहयाेगकाे लागि काे-ओपरेटिभ म्यानेजर्स क्लबलाई धन्यावाद दिदै अगामी दिनमा पनि यसरी नै सहयाेग प्राप्त भइरहने छ भने विश्वास समेत व्यक्त गर्नु भएकाे संस्थाले जनाएकाे छ।