21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

व्यवसायको रकमले शेष मकसुदद्वारा राहत वितरण

वीरगन्ज । पर्साका एक युवाले लकडाउनबाट प्रभावित अतिविपन्न परिवारको लागि राहत जुटाएर दुःखको घडीमा साथ दिएका छन । वीरगन्ज १६ नगवाका शेष जावेद ट्रेडर्सका संचालक २८ बर्षिय शेष मकसुद आफनो व्यवसायको लागि जम्मा गरेको रकमले अतिविपन्न परिवारहरुको राहत समाग्री उपलब्ध गराई प्रशंसा बटुल्न पछि हटेन् ।

महानगरपालिकाले पहिलो चरणमा वडा समिति कार्यालय मार्फत यहाँका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको थियो ।

लकडाउनको पहिलो चरणमै महानगरपालिकाले दैनिक ज्यालादारी, रिक्सा, ठेला चालक लगायत अतिविपन्न परिवारलाई राहत उपलब्ध गराएको थियो । पहिलो चरणमा महानगरले उपलब्ध गराएको खाद्यन्न समाग्री वडा समितिले विभाजन गरेर प्रतिपरिवार १० किलो चामल, दाल, नुन, तेल वितरण गरेका थिए ।

१० किलो चामलले ५ देखि ८ दिन सम्म मात्र छाकटार्न सकेका थिए । दैनिकी जिवन चालउँन धौं धौं परिरहेको छ । सरकारले उपलब्ध गराएको राहतको समाग्री खाएर सकिएपछि स्थानियलाई दुईछाक टार्न समेत धौं धौं परिरहेको अवस्थामा मकसुदले उनीहरुको दुख सहन नसक्दा आफनो व्यवसायीको लागि जम्मा गरेर राखेको रकमले राहत खरीद गरी स्थानियमा वितरण गरेको हुन ।

उनको यो सराहनी कामको चौतर्फी प्रशंसा समेत भईरहेको छ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन आज ४२ औं दिन पुगि सकेको छ । लकडाउनका कारण अतिआवश्यक खाद्यन्न बाहेक सम्पूर्ण पसलहरु बन्द रहेको छ ।

यहाँ सम्म स्थानिय प्रशासनले माछामासुको पसल पूर्ण रुपमै बन्द गराएको छ । मकसुद पनि कुखुरा व्यवसायी नै हो । लामो समय देखि पसल बन्द रहेपनि व्यवसायी गर्न राखेका रकम स्थानियको उद्दारमा खर्च गर्न पछि हटेनन् । उनले वीरगन्ज १६ नगवा टोलका करिब २०० भन्दा अतिविपन्न परिवारको लागि चामल, दाल, नुन, तेल, आलु, प्यास, लुगा धुने साबुन राहत स्वरुप उपलब्ध गराएको बताए ।

उनले भने, मनुष्यको पहिलो आवश्यकता भोजन नै हो, भोजन भएन भने बाच्न सक्दैनौ । पहिलो प्राथमिकता बाँच्नु पर्छ त्यसपछि मात्र पैसा काम लाग्छ, यदी मनुष्य नै रहेन भने पैसाको कुनै महत्व छैन् त्यसैले आफनो व्यवसायबाट जम्मा गरेको रकमबाट स्थानियको चुल्लो ननिभोस् भन्ने उदेश्यले राहत वितरण गरेको हौं ।

राहत वितरण कार्यक्रममा  वडाध्यक्ष श्यामबाबु चौरसिया, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरिक्षक पुरुषोत्तम महतो, जसपाका नेता अयुबँ मियाँ, मईम मियाँ, सुरेन्द्र सर्राफ, मन्सुर मियाँ, शेख मुसाफिर लगायत जावेद ट्रेडर्समा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.535 sec. Memory consumption:81.5 mb