वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गराउन माग राख्दै आज देखी धर्ना कार्यक्रम सुरु भएकाे छ ।
जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले आज देखी आफ्नाे घरकाे मुल गेटमा कालाे झन्डा टांगी धर्ना बसेका हुन् । नारायणी अस्पतालकाे जेनरल सेवा सुचारु गराउन दबावकाे लागि विहान १० बजे देखी ११ बजे सम्म आफ्नाे घरकाे बरन्डामा धर्ना बसेकाे र याे धर्ना कार्यक्रम जारी रहने नेता सम्मानीले वताउनु भयाे ।
सम्मानीले नारायणी अस्पतालकाे सेवा सुचारु गराउन अहिले लकडाउन रहेकाेले सबैले आ आफ्नाे घरमा कालाे झन्डा झुन्डयाउनुकाे साथै घरकाे गेट वा बरन्डामा बसी प्रत्येक दिन एक घण्टा धर्ना दिनु पर्ने आग्रह समेत गर्नु भयाे ।
यस्तै जनता समाजवादी पार्टीका नेता समेत रहेका भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमपक्रकाश सरार्फले पनि आज धर्ना दिएका छन् । नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गर्न माग राख्दै नेता सरार्फ पनि आफ्नाे घरकाे मुल गेटमा धर्ना दिएका हुन् ।
“नरायणि अस्पताल “को सबै सेवा तुरन्त सुचारु गर्न लकडाउनको बाध्यताले आज आफ्नो घरको गेट अगाडि नै धर्ना दिएको नेता सरार्फले वताउनु भयाे ।
अहिले लकडाउन रहेकाले यो समाजिक आन्दोलनमा एक्यबदता जनाउन सबैले आ-आफ्नो घरको गेटमा धर्ना दिएर तस्बिर समाजिक सन्जालमा राखेर समर्थन जनाउनु पर्ने सरार्फले वताउनु भयाे ।