भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा स्थित सिमा नाकाबाट प्रहरीले बरामद गरेकाे मदिरा नष्ट गरेकाे छ ।
प्रहरी चाैकी भिस्वाकाे गस्ती टाेलीले बरामद गरेकाे २० लीटर घरेलु मदिरा नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ । नेपालबाट भारत तर्फ लगिरहेकाे मदिरा प्रहरी गस्तीटोलीलाई देख्नै वितिक्कै फाली मदिरा तस्करहरु भागेकाे प्रहरी चौकी भिस्वाका सई प्रेम खत्रीले बताउनु भयाे ।
लकडाउनमा पनि खुल्ला सिमा नाका भएर नेपालबाट भारत तर्फ मदिरा तस्करी भइरहेकाे सुचनाकाे आधारम मदिरा बरामद गरिएकाे प्रहरीलेे जनाएकाे छ । बरामद भएकाे मदिरा प्रहरी, पत्रकार र स्थानिय अगुवाहरुको रोहब्बरमा नष्ट गरिएको हाे ।
प्रतिक्रिया लेख्नुहोस