Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कोरोना कथा

spot_img
spot_img

एका देश एउटा वुहान भन्ने गाउँ थियो । त्यो गाउँ निकै बिकसित थियो। ठुलो बनले घेरिएको त्यो गाउँका बासिन्दाहरु निकै बहादुर थिए । वरिपरिको बनबाट धेरै प्रकारको राक्ष्यशहरुले हमला गर्दथ्याे ।  तर वुहानका बिरसैनिकहरुले सबैलाई मारिदिन्थ्ये।त्यसै गरी त्यो गाउँमा सबै जना आनन्दले बसेका थिए।

एक दिनको कुरा हो त्यो गाउँमा हरि भन्ने एक बृद्धा बनबाट भाग्दै आए । उनि लगातार खोकी राखेको थिए।सबैले उनलाई के भयो भनेर सोध्दा उन्ले जवाफ दिए “म बनमा दाउरा लिन गको थिए तर त्यहाँ कोरोना भन्ने राक्ष्यस्ले म माथि आक्रमण गर्यो । त्यो राक्ष्यसयतै आउदैछ । ” यति भनेपछि जो जो गाउँले हरिको सहयोगका लागि उसको नजिक गए तिनीहरु पनि खोकॆर त्यस्तै बिरामी परे । केहि समयमै कारोना त्यो गाउँमा आइपुग्यो।

त्यसलाई मार्न जति सैनिकहरु गए सब त्यसलाई छुने बित्तिकै बिरामी पर्न थाले । त्यो देखेर गाउँलेहरु झनझन डराउन थाले ।यो सबै कुरा एक १४ बर्षिय बालक अर्जुनले हेरिराखेको थियाे । उ वुहानको सबै भन्दा बुद्धिमान व्यक्ति थियाे ।सबै कुरा बुझे पछि उसले सबै गाउँलेलाई भेला गरेर भन्यो “यो कोरोना भन्ने राक्ष्यस्लाई हामीले बलले जित्न सक्दैन।योबाट बच्नु छ भने हामी योबाट टाढा हुनु पर्छ । संक्रमित व्यक्तिसंग पनि टाढिनु पर्छ ।

केहि समयको लागि हामि सबै घरमै बसम र नियमित रुपमा हातहरु धुने गरम।” सबै गाउँलेलाई यो कुरा ठिक लाग्यो र सबै जना त्यसरी नै बस्न थाल्ये। संक्रमित व्यक्तिहरु नि अस्पतालमा छुट्टैबसे।केहि समय पछि कोरोनाले मान्छेहरु नभेटेर भोकले छटपटीन थाल्यो र १ महिनापछि भोकले मर्यो । संक्रमित व्यक्तिहरुलाई नि ठिक भयो।त्यसपछि वुहान फेरी सामान्य भयो र सबै गाउँले खुसि भएर अर्जुनको प्रशंसा गरे।

-“हामि नि अहिले यसै गरि घरमा बस्नु पर्छ र नियमितरुपमा हात धुनु पर्छ।”

-प्रज्ञा बस्नेत
कोटेश्वर, काठमाडौं

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...