वीरगंज । राैतहटकाे देवाही गोनाही नगरपालिका वाड न.७ उचडी टोल र प्रेमपुर गोनाही टोलमा आज राहत वितरण गरिएकाे छ ।
स्थानिय समाजसेवी सरोज साहले लकडाउनमा समस्यामा परेका एक सय अति गरिब परिवारलाई राहत वितरण गरेका हुन् । राहतमा प्रति घरदुरी चामल १५ किलाे, आलु २ किलाे र नुन किलाे वितरण गरिएकाे स्थानिय राजिव कुमारले वताए ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउमा समस्यामा परेका अति गरिब परिवारलाई साहले आफ्नाे व्यक्तिगत लगानीमा राहत वितरणकाे उनले जानकारी दिए ।
राहत वितरणमा नेकपाका नेता प्रेमलाल साह, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी सहायक निरिक्षक र भरत पटेलकाे समेत उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस