24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

भिस्वा सिमा नाकामा सशस्त्र प्रहरी र स्थानिय बिच विवाद

वीरगंज । पर्साकाे ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुुदा केही बेर तनाव समेत भएकाे थियाे ।

विहान १० बजेकाे करिबमा भएकाे विवादकाे क्रममा स्थानियहरुले सशस्त्र प्रहरीमाथी ढुंगामुड समेत गरेका थिए । सशस्त्र प्रहरी पछि सरे पछि र इलका प्रहरी कार्यालयबाट थप प्रहरी टाेली पुगे पछि स्थित नियन्त्रणमा आएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरे पछि आक्राेसित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका थिए । धाेबिनी गाउँपालिकाकाे लंगडी निवासी ति महिलाहरु घाइते समेत भएकाे हाम्रा सम्वाददाता आलाेक कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:3.721 sec. Memory consumption:81.48 mb