Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारततर्फ काठको तस्करी गर्दै आएका शर्मा सकसालकाे काठ सहित पक्राउ

spot_img
spot_img

वीरगन्ज । आइतबार दिउँसो अवैध सकसाल काठको गोलिया सहित पक्राउ परेका हिरामन शर्मा विगत लामो समयदेखि काठको तस्करी गर्दै आएको रहस्य खुलेको छ ।

भारतको पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रमसिरिया घर भई विगत ४० वर्ष अघि नेपाल प्रवेश गरेका शर्मा अहिले आदर्शनगर क्षेत्रमा तस्करीको अकुत सम्पत्ति थुपारेका छन् । चारजना छोरा जगदीश शर्मा, गोपाल शर्मा, हिरामन शर्मा र विनोद शर्मालाई लिएर अन्दाजी २०३५ सालतिर भारत स्थित आफ्नो जन्मस्थल घर छाडी नेपाल प्रवेश गरेका शिवजी शर्मा वीरगन्जको घडिअर्वा क्षेत्र स्थित बसोबास गर्दै आएका थिए ।

सोही क्षेत्रमा रौतहट जिल्लाका गौर निवासी शर्मा थरका व्यक्तिसँग चिनजान बढाई रामदेव शर्माका नक्कली भाई बनी वंशज नागरिकता प्राप्त गर्न सफल भई आफ्ना चार जना छोरालाई नेपालको नागरिक्ता बनाउन सफल भएका थिए ।

शिवजी शर्मा र उनी नक्कली छोरा बनेका बुवाको पनि मृत्यु भइसकेको छ भने नक्कली भाई रामदेव शर्मा अहिले पनि वीरगन्जमै बसोबास गर्दै आएका छन् । शिवजी शर्माको जेठो छोरो जगदीश शर्माको पनि मृत्यु भइसकेको छ ।

उनकै नामले वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्शनगर ठाकुरराम क्याम्पस पछाडि संचालन गरिएको जगदीश एण्ड ब्रदर्श सव मिल संचालन गरि बाँकी तिनै दाजुभाई काठको व्यापार गर्दै आएका थिए ।

काठको व्यापार गर्नुभन्दा पनि तिनै भाई नेपालको वनजंगलबाट तस्करीको अवैध काठ किनी चिरान बनाई अवैध तरिकाले भारत तर्फ निर्यात गर्दै आएको बताइएको छ ।

विगत लामो समयदेखि तस्करीमा संलग्न तीन दाजुभाई मध्ये हिरामन शर्मालाई आइतबार पर्सा प्रहरीले अन्दाजी १३ क्यूफि (१२६) पिस सकसालको काठ सहित पक्राउ गरेको हो । पटक पटक काठ तस्करी गर्न पल्केका शर्मा यस पटक भने प्रहरीको फन्दामा परेका छन् ।

उनलाई कानूनी कारवाहीबाट उन्मुक्ति दिलाउन विभिन्न कसरत भइरहेको बताइएको छ । पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाउने कार्य भइरहेको छ भने बरामद गरिएको काठ जिल्ला वन कार्यालय पर्सालाई पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...