Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

रात र साझको पर्खाइमा

spot_img
spot_img

म सबेरै उठ्ने बित्तिकै
फेरि त्यही साझको पुर्वसन्ध्याको खोजिमा तड्पिन थाल्थे ।
जहाँ निलो आकाश रङ्ग बदल्दै कालो बन्दै
सुर्यलाई भोलिको निम्तो दिदै बिदाइ गर्थ्यो ,
त्यही साझ जसले उदार हुँदै ताराको चम्काइमा
सुर्य जत्तिकै तेज अनि चमक थपिदिन्थ्यो  ।

त्यो साझ पछि घर घरमा बालिने बत्तिले
मेरो मनमा पनि खुसिको उज्यालो दिन थालथ्यो !
अब दिनभरिको थकान मेटाउदै
भन्डार गरिएको अलिकती अन्न घटाउदै
भोजनमा लिप्त हुन संकेत गर्दै थियो ।

अझ विशेष त्यो रातले कहिले काहीँ
भोक सन्तुष्टिमै अन्त्येष्टि गरि
अर्कै भोकको निवारण खोज्न थाल्दै थियो,
पस्किएको भात हेर्दै, मोबाइल तिर फर्किदै
खै के खोज्दै थिए चम्चा समाएका हात हरु ?

केही थप्न खोज्दै थिए भनूँ भने मन अघाइसक्यो ।
जसो तसो भातका सितालाई थालबाट किनारा
लगाइ शान्ती खोज्दै थियो या शान्तीका हात ?
रात अब तामा टुप्पिएर गए सरी छिप्पिदै गयो ,
अनि ठ्याक्कै कतै बाट ट्याङ गरेको ध्वनी प्रस्तुत हुदा
खै किन मनमा ज्वालामुखी प्रस्फुटन हुँदै लाभा निस्कन खोज्दै थियो ,
मानौ न कुनै चमत्कार हुने वाला थियो,
मुर्तिकारले जादु देखाउन खोजे जस्तो चमत्कार,
मन प्रफुल्ल भएको देखेर दिमाग प्रश्न तेर्साउन लाग्थ्यो ।

त्यो ध्वनी जसले शरिरमा प्रकट गरेको कम्पन
साच्चै शान्ती कै रहेछ ।
शान्ती खोज्दै बिहानै देखि मासु खोज्दै हिड्ने कुकुर सरी भौतारिएको
मेरो मगज , मन ,मस्तिष्क शान्तीको एक म्यासेजले
शान्तीकै भस्मले जलिसकेको थियो ।

मानौ म अब म रहिन !
शान्तीको अधिनमा अडिएको मन
उनितिरै जोडीएर टाउको मात्र मेरो ।
अब म्यासेज आउनु सुरुवाती बिन्दु,
रात मलाई गिज्याउदै भन्थ्यो, अब त खुसी छस् नि ?
मन फेरि भयवित हुन थाल्दै गयो, समय ?
समय ? एक्छिन कसैले रोकिदेउन म उनिसगँ
गफ्फिएको बेला पनि संसारमा कुनै  चाल होला र ?
सिरक फ्याकेर अब बरफ झै ठ्न्डीएको शरीर
म्यासेज हेर्दै खितिती हास्ने ओठ
आखिर सब समय कै त कब्जामा थिए नि !

मनमा फेरि भोलि बिहान होला भन्ने दुविधा
अनि उनमा जागेको निन्द्रा
सब खै किन मेरै पछि लाग्छन् जस्तो ।
हे ईश्वर एक्छिन त पख उनसगँ केही कहनु छ भन्दै गर्दा
अन्तिम म्यासेज आउँछ उनको
“गुड नाइट❤️” है अब सुतौ ।
थाहा छ मनमा जलन छ , मलाई केही भन्नू छ
तर समय समय ! कसले रोकिदिन्छ र?
गफ्फिएको बेला पनि संसारमा कुनै  चाल होला र ?
हुन त घडीले म सगँ नाता तोड्दै
आजलाई भोलि बनाइदिसकेको थियो ,
म पख पख भन्दा भन्दै सुर्यका किरणलाई
नतमस्तक भएर नमन गर्न केही समय बाकी हुदा
मजबुरी भनौ या उनिसगँ हुन सक्ने सम्बन्धको दुरिले ?
हासे जस्तै गरि “गुड नाइट डियर❤️ शुभ रात्री ” भन्दै अघि फ्याकेको
सिरकलाई उनको कोमल वदन सम्झदै ठन्डिएको
शरिरमा अलिकती गर्मी चढाउन खोज्दै
भोलि फेरि त्यही साझको पुर्वसन्ध्याको
खोजिमा अडिएर रातलाई चिच्याइ चिच्याइ पुकार्दै हुन्छु
जहाँ मेरा अनिदो हुदैका सपना अडिएका छन्
जसरी पात रुखमा अडिएका छन्
जसरी रुख पृथ्वीमा अडान लिएर बाचेका छन् !

म पनि त्यसै गरि अडिएको थिए शान्तीलाई
मन , मस्तिष्कमा चाडै अटाउने अडान लिएर !
फेरि अर्को साझ र रातको पर्खाइ मा …..
फेरि अर्को साझ र रातको पर्खाइ मा ……..

– श्री सरकार(श्री सोमनाथ लइटेल)
-खहरे,काठमाडौ
-पुल्चोक क्याम्पस ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...