Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरियाकाे वडा नं. ७ मा पनि राहत वितरण

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालीकाकाे वडा नम्बर ७ मा पनि आज राहत बितरण गरिएको छ । वडा नम्बर ७ रानिगंज रहरियाका १ सय ३३ अति गरिब परवारलाई राहत वितरण गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएकाे प्रमुख राैनियारले जानकारी गराउनु भयाे ।

राहतमा चामल २५ किलो, तेल १ किलो, दाल २ किलो, नुन २ किलो, आलु ५ किलो, सोयाबिन ५०० ग्राम , नुहाउने र लुगा धुने साबुन २–२ पिस बितरण गरिएको नगर प्रमुखका स्वकिय सचिव राजु राैनियारले वताउनु भयाे ।

नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण प्रसाद रौनियार, संविधान सभा सदस्य प्रधुमन प्रसाद चौहान, वडा नम्बर ७ का वडाध्यक्ष नन्दलाल पटेल, इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी निरिक्ष हरि बिष्ठ, पूर्व गाबिस अध्यक्ष जाेगिन्द्र प्रसाद कुर्मी, नेपाल रेडक्रस पाेखरिया उप शाखाका अध्यक्ष भगवना प्रसाद कुर्मी लगायतको उपस्थितीमा राहत वितरण गरिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...