31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छिपहरमाईमा राहत वितरणकाे क्रममा झडप, एक प्रहरी सहित २ घाइते

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ झलमहियामा आज राहत वितरण गर्ने क्रममा झडप भएकाे छ । दुई पक्ष बिच भएकाे झडपमा परी एक गाउँपालिका प्रहरी सहित दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

झडपमा परी गाउँपालिका प्रहरी बिनाेद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे । घाइते मध्ये चन्द्रिकाकाे टाउकाे फुटेकाे र गाउँपालिका प्रहरी बिनाेदकाे घाँटीमा समान्य चाेट लागेकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

घाइते गाउँपालिका प्रहरीकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा र चन्द्रिकाकाे स्थानिय स्वास्थ्य किल्निकमा उपचार पछि आ आफ्नाे घर फर्किसकेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब परिवारलाई राहत वितरण गर्ने क्रममा झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपकाे क्रममा ढुंगामुडा हानाहान समेत भएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

स्थानियहरुका अनुसार वडा नं. ३ झलमहियमा राहत वितरण गर्न सर्बदलिय समितिले २ सय २५ जनाकाे नामावली तयार गरेकाे थियाे । तर वितरण गर्ने क्रममा एक सय २५ जनाकाे नमावली मात्र लिएर गाउँपालिकाकाे टाेली राहत वितरण गर्न पुगे पछि अति गरिब र विपन्न परिवारले बिराेध गर्दा गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता पक्षधर संग विवाद हुदा झडप भएकाे हाे ।

राहत पाउनेहरुकाे नमावलीमा नाम छुटेका अति गरिब परिवारले गाउँपालिका अध्यक्ष गुप्तालाई बाेलाउन राहत वितरण टाेलीसंग भनेका थिए । गाउँपालिका अध्यक्ष गुप्ता आए मात्र राहत वितरण गर्ने स्थानियहरुले अडान लिए पछि झडप भएकाे वताइएकाे छ ।

राहत पाउनेहरु संग हिजाे (बिहिबार) राती नै भर्पाई गराइएका कारण पनि विवाद हुदा झडप हुन पुगेकाे स्थानियहरुकाे भनाई छ ।

सशस्त्र प्रहरी बेस क्याम्प बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीकाे उपस्थितीमा झडप भएकाे स्थानियहरुले वताए । झडप भए पछि सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा र इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह नेतृत्वकाे प्रहरी टाेली पुगे पछि झडप नियन्त्रणमा आएकाे थियाे ।

यस भन्दा पहिला पनि छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीमा बुधबार राहत वितरण गर्ने क्रममा स्थानियहरुले प्रदर्शन समेत गरेका थिए । गाउँपालिकाकाे राहतबाट बन्चित भएका अति गरिब परिवारका सदस्यहरु गाउँपालिका र गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ता विरुद्ध प्रदर्शन गरेकाे हाम्रा सम्वाददाताले वताएका छन् ।

यस्तै छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि राहत वितरण कै बिषयमा विवाद भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.739 sec. Memory consumption:81.5 mb