Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

फेटामा सरकारी मापदण्ड अनुसार राहत वितरण सुरु

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिकामा राहत वितरण सुरु भएकाे छ । लकडाउनमा प्रभावित गाउँपालिका अन्तर्गतका अति गरिब  तथा विपन्न परिवारकाे लागि बिहिबार देखी राहत वितरण सुरु भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्या भएका गाउँपालिका अन्तर्गतकाे सबै वडाका करिब ३ हजार गरिब परिवारलाई सरकारी मापदण्ड अनुसार राहत वितरण गरिने प्रशासकिय अधिकृत मेहताले जानकारी गराउनु भयाे ।

हिजाे (बिहिबार) फेटा गाउँपालिकाकाे वडा नं ७ गम्हरिया टोलबाट राहत वितरण सुरु भएकाे गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वताउनु भयाे । लामाे लकडाउनले गर्दा समस्या भएका गरिब, असहाय, विपन्न परिवारहरुकाे लागि राहत सवरुप खाद्यान्न सामग्री वितरण सुरु गरिएकाे उंहाले जानकारी गराउनु भयाे ।

उहांका अनुसार प्रति परिवार २५ किलो चामल,१ किलो दाल,३ किलो आलु, १ लिटर तेल, १ पकेट नुन गाउँपालिकाबाट वितरण भइरहेकाे छ । गम्हरियाका ३ सय ५० घरदुरीलाई राहत वितरण भएकाे गाउँपालिका कार्यालयले जनाएकाे छ ।

गम्हरियामा गाउँपालिका अध्यक्ष अध्यक्ष अमिरीलाल प्रसाद, उपाध्यक्ष कमरूल खातुन, वडाध्यक्ष महम्मद हुसेन लगायतकाे उपस्थितीमा राहत वितरण भएकाे थियाे ।

यस्तै आज (शुक्रबार) वडा नं. १ काे रजबरियामा, वडा नं. ५ काे जाेतपुरमा वडा नं. ७ काे कुकुर भाेकामा राहत वितरण भइरहेकाे छ भने अन्य वडाहरुमा समेत राहत वितरण यथासीघ्र प्रारम्भ हुने वडा कार्यालयहरुले जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...