वीरगंज । बाराकाे फेटा गाउँपालिकामा राहत वितरण सुरु भएकाे छ । लकडाउनमा प्रभावित गाउँपालिका अन्तर्गतका अति गरिब तथा विपन्न परिवारकाे लागि बिहिबार देखी राहत वितरण सुरु भएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताउनु भयाे ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्या भएका गाउँपालिका अन्तर्गतकाे सबै वडाका करिब ३ हजार गरिब परिवारलाई सरकारी मापदण्ड अनुसार राहत वितरण गरिने प्रशासकिय अधिकृत मेहताले जानकारी गराउनु भयाे ।
हिजाे (बिहिबार) फेटा गाउँपालिकाकाे वडा नं ७ गम्हरिया टोलबाट राहत वितरण सुरु भएकाे गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले वताउनु भयाे । लामाे लकडाउनले गर्दा समस्या भएका गरिब, असहाय, विपन्न परिवारहरुकाे लागि राहत सवरुप खाद्यान्न सामग्री वितरण सुरु गरिएकाे उंहाले जानकारी गराउनु भयाे ।
उहांका अनुसार प्रति परिवार २५ किलो चामल,१ किलो दाल,३ किलो आलु, १ लिटर तेल, १ पकेट नुन गाउँपालिकाबाट वितरण भइरहेकाे छ । गम्हरियाका ३ सय ५० घरदुरीलाई राहत वितरण भएकाे गाउँपालिका कार्यालयले जनाएकाे छ ।
गम्हरियामा गाउँपालिका अध्यक्ष अध्यक्ष अमिरीलाल प्रसाद, उपाध्यक्ष कमरूल खातुन, वडाध्यक्ष महम्मद हुसेन लगायतकाे उपस्थितीमा राहत वितरण भएकाे थियाे ।
यस्तै आज (शुक्रबार) वडा नं. १ काे रजबरियामा, वडा नं. ५ काे जाेतपुरमा वडा नं. ७ काे कुकुर भाेकामा राहत वितरण भइरहेकाे छ भने अन्य वडाहरुमा समेत राहत वितरण यथासीघ्र प्रारम्भ हुने वडा कार्यालयहरुले जानकारी गराएका छन् ।