Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

हावाहुरी प्रभावितलाई रेडक्र्सको राहत

spot_img
spot_img

वीरगंज । देशभरी नै लकडाउन भएको बखत पर्सागढी वार्ड नं. ४ मा बसोबास गर्दै आएका धुरी राउतको घर हिजो आएको हावाहुरीबाट पुर्ण रुपले क्षति भएकोमा आज रेडक्र्स पर्साको निकाय बिरुवागुठी उपशाखाका र रेडक्र्स पर्साका सभापति बिरेन्द्र राज कंडेलको समन्वयमा तत्काल राहत उपलब्ध गराइएको छ ।

लकडाउनको बखत मुलुक भरि नै जनजिवन प्रभावित भएको बेला रेडक्र्स आफ्ना निकायहरु सङ्ग समन्वय गरि एम्बुलेन्स सेवा, आकस्मिक रक्तदान, जनचेतना, बिपदबाट पिडित परिवारलाइ राहत, जस्ता कार्यहरुमा तिब्रता दिएकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

हिजो (बुधबार) आएको हावाहुरीबाट प्रभावित धुरी राउतको घरमा रेडक्र्स पर्साका सभापति कंडेल र लेखापाल बिरसम्सेर प्रसाद कुर्मी तत्काल राहत बोकि घटना स्थल आज पुग्नु भएको थियो भने बिरुवागुठिको सभापति महम्मद जिकरुल्लाहद्वारा पिडितलाइ तत्काल राहत हस्तान्तरण गरिएकाे श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...