29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

मेयर सरावगीका प्रेस संयाेजक तिवारीकाे राजिनामा स्वीकृत

बीरगन्ज । बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको निजी प्रेस संयोजक अनिल कुमार तिवारीले राजीनामा दिएका छन् । तिवारीले आज आफ्नाे भाई मार्फत महानगर कार्यापालिकाकाे कार्यालयमा राजिनामा पठाएका हुन् ।

बीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले पनि तिवारीले राजीनामा दिएकाे वताए । मेयर सरावगीले भने “तिवारी जीले घरायसी कार्य व्यस्तता देखाएर राजनिमा दिनु भएकाे छ, राजिनामा स्विकृत प्रक्रियामा रहेकाे छ।”

हामीलाई कुनै उहाँकाे राजिनामाबाट कुनै किसिमकाे आपती छैन्, उंहाले तिन बर्ष सम्म महानगरपालिकालाई सहयाेग गर्नु भएकाेमा धन्यावद छ । मेयर सरावगीले भने ।

यता कार्यालय स्राेतका अनुसार तिवारीकाे राजिनामा स्वीकृत भइसकेकाे र मात्र बुझबुझारथ गर्न वाकी रहेकाे छ । तिवारी हाल हाेम क्वारेन्टाइनमा रहेकाले क्वारेन्टाइनबाट निस्के लगतै तिवारीले बुझबुझारथ गर्नु पर्ने हुन्छ ।

स्राेतका अनुसार संयाेजक तिवारी कार्यालयमा दैनिक उपस्थित नहुने, समयमा काम नगर्ने, मेयरले दिएकाे जिम्मेवारी पुरा नगर्ने बिषयलाई लिएर मेयर सरावगीले केही दिन अगाडी तिवारी संगै स्पष्टिकरण साेध्नु भएकाे थियाे । साे स्पष्टिकरणकाे जवाफ दिनुकाे सट्टा उल्टै तिवारीले मेयर सरावगीलाई आफुले काम नगर्न धम्की दिए पछि ठिक छ काम गर्नु छैन भने राजनिमा दिदा हुन्छ मेयर सरावगीले भने पछि आज तिवारीले राजिनामा दिनु भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.179 sec. Memory consumption:81.48 mb