21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

युवा नेता सरार्फद्वारा राहत वितरण

वीरगंज । लकडाउनमा प्रभावित वीरगंज महानगरपालिकाकाे वडा नं. १५ र १६ का अति गरिब परिवारलाई युवा नेता ओमप्रकाश सरार्फले आज राहत वितरण गरेका छन् ।

बिश्वब्यापी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावति राहतबाट बन्चित ५० अति गरिबर र विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएकाे राजपाका वीरगंज महानगर अध्यक्ष समेत रहेका नेता सरार्फले वताए ।

राहतमा चमल, दाल, नुन, तेल, सबुन,आलु लगायतका सामग्री एक सप्ताह पुगनेगरी वितरण गरिएको उनले जानकारी गराए ।भोरनामक समाजिक संस्थाद्वारा राहत सामग्री उपलब्ध गराइएको थियो भने केही राहत सामाग्री भिजिट मधेशका राष्ट्रिय संयाेजक समेत रहेका सरार्फले आफै व्यवस्थापन गरी वितरण गरेका हुन् ।

स्थानिय सरकारले राहत वितरणमा अनियमित्ता गर्नथाले पछि बिपन्न/अति बिपन्न वर्ग सम्म राहात उपलब्ध नभएपछी आफैबाट सुरुवात गरिएको सरार्फले बताए । अहिले सम्म ५ हजार माक्स ,साबुन वितरण गरिसकेका सरार्फले बिपदको घडिमा राजनितिक स्वार्थ भन्दा माथी उठेर सामुहिक प्रयास गर्न सके यो संकटबाट समाज र देशलाई बचाउन सकिने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:217. Generation time:3.042 sec. Memory consumption:81.5 mb