Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरिया नगरपालिकामा राहत वितरण सुरु

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालिकामा राहत वितरण सुरु भएकाे छ । नगरपालिकाकाे वडा नं. ३ बसन्तपुरमा आज राहत वितरण भएकाे मेयरका स्वकिय सचिव राजु राैनियारले वताउनु भयाे ।

लकडाउनमा प्रभावित वडा अन्तर्गतका १ सय ६० अति गरिब परिवारलाई राहत वितरण गरिएकाे स्वकिय सचिव राैनियारले जानकारी राउनु भयाे ।

राैनियारका अनुसार प्रति परिवार चालम २५ किलाे, दाल २ किलाे, तेल १ किलाे, नुन २ किलाे, आलु ५ किलाे, प्याज २ किलाे, साेयाबीन ५०० ग्राम, लुगाधुने साबुन २ पिस र नुहाउने साबुन २ पिसका दरले वितरण गरिएकाे हाे ।

नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन, संविधान सभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्ष अजय कलवार, सामाजसेवी शंकर यादव, समाजिक शाखा प्रमुख बिनोद पाण्डे, वार्ड सदस्य, नेपाल प्रहरी प्रतिनिधि, शस्त्र प्रहरीका प्रतिनिधि,  लगायतकाे उपस्थितीमा राहत वितरण गरिएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

यस्तै नगरपालिकाकाे सबै वडामा राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...