Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पकहा मैनपुरमा राहत बहिष्कार, अनियमितता भएकाे आराेप

spot_img
spot_img

वीरगंज । पर्साकाे पकाहा मैनपुर गाउँपालिकाका वाड न . ३ मैनपुर टोलका वासीले गाउँपालिकाद्वारा वितरण गर्न लगिएको राहत लिन मानेका छैन । वाडध्यक्ष मदन साह कानुले जनतालाई जति समझाउदा पनि मैनपुर टोलका बासिन्दाले राहत लिन नमाने पछि राहत वितरण टोली फर्किनु परेको छ ।

गाउँपालिकाले लकडाउमा प्रभावित परिवारको लागि प्रति परिवार १० किलो चमाल, आधा किलो दाल, १ किलो प्याज, २ किलो आलु, आधा किलो चना, आधा किलो सोयाबीन र आधा लिटर खाने तेल वितरण गर्न लगेकाे थिए । तर गाउँवासीले सरकारी मापदण्ड अनुसार राहत नभएकाे भन्दै फिर्ता पठाइ दिए ।

गाउँवासीका अनुसार गाउँपालिकाले राहत वितरणकाे लागि विशेष सभा गरी रु ८० लाख रकम छुट्याएकाे थियाे । राहत वितरण कै लागि प्रदेश सरकारले पनि गाउँपालिकालाई रु १० लाख अनुदान दिएकाे छ । दुबै रकबाट बाेर्ड बैठककाे निर्णय अनुसार २५ किलाे चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर लगायतका खाद्यान्न सामग्री राहत वितरण गर्न निर्णय गरेकाे थियाे ।

तर एकासी आज राहत सामग्री कम लिएर वितरण गर्न गाउँपालिकाकाे टाेली आए पछि आफुहरु राहत बहिस्कार गरेकाे स्थानिय नरेश पटेलले वताए ।

गाउँलेको भनाई अनुसार त्यो वाडको लागि गाउँपालिकाले ८ लाख बराबरको रकम छुटयाएको र सो रकम बराबरको राहत बितरण हुनु पर्ने अड़ान राखेका छन् । साथै गाउँपालिका अध्यक्ष बिजय चौरसियालाई बोलाएर के कति रकमको राहत वितरण हुदै छ सो जानकारी लिन खोजेका थिए।

तर गाउँपालिका अध्यक्ष नआए पछि जनता आक्रोशित समेत भएका थिए । राहत वितरणमा अनियमिता भएको र रकम बराबरको पनि राहत आफ्नो टोलमा नआए पछि स्थानीय आक्रोशित भएर राहत वितरण बहिष्कार गरेको स्थानिय नवलकिशाेर पटेलले बताए।

यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष विजय चाैरसियासंग फाेनमा सम्पर्क गर्दा फाेन काटिदिएका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...