Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

काेराेना अस्पतालकाे लागि गण्डक अस्पताल दिन तयार छु : रहबर अन्सारी

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले काेराेना अस्पताल प्रयाेजनकाे लागि आफु आफ्नाे गण्डक हस्पिटल दिन तयार रहेकाे वताउनु भएकाे छ ।

नेता अन्सारीले आफ्नाे समाजिक संजाल फेसबुकमा “म, रहबर अन्सारी, एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडइमा मेरो सानो प्रयास स्वरूप आफ्नो हस्पिटल ( श्री गण्डक हस्पिटल प्रा ली) पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थनिय सरकारलाई दिन तयार छु । सो को जानकारी मैले वीरगन्जका मेयर आदरणिय विजय सरावगीज्यू लाई गराइ सकेको छु ।” लेख्नु भएकाे छ ।

उहांले यसका साथै आफ्नाे आधिकारिक फेसबुकममा “वीरगन्जमा कोरोनाको उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य अवश्यक्ता हो । तैपनि जुन तदारुकता र तत्परता महत्वपूर्ण जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुबाट देखिनुपर्ने थियो, त्यो नदेखिएको अवस्थाबारे हामी सबै अवगतै छौ।” भने समेत लेख्नु भएकाे छ ।

अनसारीले यसकाे उचित तदारुकता र तत्परता नदेखियेको यस अवस्थालाई दृष्टिगत गर्दै , यस परिस्थितिको समस्या प्रतिको सम्वेदन्शीलतालाई आत्मसात गरेर आफु आफ्नाे हस्पिटल काेराेना अस्पतालकाे प्रयाेजनकाे लागि पूर्ण रुपले स्थानिय सकारलाई दिन तयार भएकाे वताउनु भएकाे छ ।

वीरगंजका चर्चित युवा नेता अन्सारीले “कोरोना विरुद्धको यस लडइमा हाम्रो सामूहिक प्रयासले सधै निरन्तरता पाओस” समेत लेख्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...