Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

काेराेना अस्पतालकाे लागि गण्डक अस्पताल दिन तयार छु : रहबर अन्सारी

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले काेराेना अस्पताल प्रयाेजनकाे लागि आफु आफ्नाे गण्डक हस्पिटल दिन तयार रहेकाे वताउनु भएकाे छ ।

नेता अन्सारीले आफ्नाे समाजिक संजाल फेसबुकमा “म, रहबर अन्सारी, एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडइमा मेरो सानो प्रयास स्वरूप आफ्नो हस्पिटल ( श्री गण्डक हस्पिटल प्रा ली) पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थनिय सरकारलाई दिन तयार छु । सो को जानकारी मैले वीरगन्जका मेयर आदरणिय विजय सरावगीज्यू लाई गराइ सकेको छु ।” लेख्नु भएकाे छ ।

उहांले यसका साथै आफ्नाे आधिकारिक फेसबुकममा “वीरगन्जमा कोरोनाको उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य अवश्यक्ता हो । तैपनि जुन तदारुकता र तत्परता महत्वपूर्ण जिम्मेवारी बोकेका सरोकारवाला निकायहरुबाट देखिनुपर्ने थियो, त्यो नदेखिएको अवस्थाबारे हामी सबै अवगतै छौ।” भने समेत लेख्नु भएकाे छ ।

अनसारीले यसकाे उचित तदारुकता र तत्परता नदेखियेको यस अवस्थालाई दृष्टिगत गर्दै , यस परिस्थितिको समस्या प्रतिको सम्वेदन्शीलतालाई आत्मसात गरेर आफु आफ्नाे हस्पिटल काेराेना अस्पतालकाे प्रयाेजनकाे लागि पूर्ण रुपले स्थानिय सकारलाई दिन तयार भएकाे वताउनु भएकाे छ ।

वीरगंजका चर्चित युवा नेता अन्सारीले “कोरोना विरुद्धको यस लडइमा हाम्रो सामूहिक प्रयासले सधै निरन्तरता पाओस” समेत लेख्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...