Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सखुवा प्रसाैनीकाे पहिलाे चरणकाे राहत वितरण सम्पन्न, दाेस्राे चरणकाे तयारी

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा पहिलाे चरणकाे राहत वितरण सम्पन्न भएकाे छ । गाउँपालिकाकाे विपद् व्यवास्थापन काेषबाट भइरहेकाे राहत वितरण सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएका लकडाउनमा प्रभावित अति गरिब सबै वडाका ९ सय ५२ परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरिएकाे अधिकृत यादवले वताउनु भयाे ।

गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे सक्रियतामा वडा नं. १ मा २ सय,  २ मा २ सय २७, ३ मा १३५, ४ मा एक सय ३०, ५ मा एक सय ३५ र ६ मा एक सय २५ अति गरिब परिवारलाई राहत वितरण गरिएकाे उंहाले वताउनु भयाे ।

पहिलाे चरणकाे राहत अन्तर्गत प्रति घरदुरी चामल ५ किलाे, दाल एक किलाे, आलु २ किलाे, तेल ५०० ग्राम र नुन एक किलाे राहत वितरण गरिएकाे यादवले वताउनु भयाे । अब फेरी प्रदेश सरकारबाट राहत वितरणकाे लागि प्राप्त अनुदान रु १० लाख र गाउँपालिकाबाट त्यसमा रु ५ लाख थप गरी दाेस्रा चरणकाे राहत वितरणकाे तयारी भइरहेकाे प्रशासकिय अधिकृत यादवले जानकारी गराउनु भयाे ।

दाेस्राे चरणकाे राहत वितरण १५ किलाे चामल र २ किलाे दाल वितरण गरिने गाउँपालिकाकाे याेजना रहेकाे छ । बढी घरदुरी रहेकाे २ वटा वडालाई गाउँपालिकाले रु ३ लाख ५० हजार र वाकी ४ वडा वडाकाे लागि २-२ लाख रकम छुट्याएकाे छ । बजेटबाट भ्याए सम्म १५ किलाे चामल र २ किलाे दाल वितरण गर्ने गाउँपालिकाकाे याेजना रहेकाे छ तर केही वडामा राहत वितरण गर्ने घरदुरी संख्या बढ्याे भने फरक पनि पर्न सकने गाउँपालिका कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...