वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा पहिलाे चरणकाे राहत वितरण सम्पन्न भएकाे छ । गाउँपालिकाकाे विपद् व्यवास्थापन काेषबाट भइरहेकाे राहत वितरण सम्पन्न भएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताउनु भयाे ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएका लकडाउनमा प्रभावित अति गरिब सबै वडाका ९ सय ५२ परिवारलाई राहत सवरुप खाद्यान्न सामग्री वितरण गरिएकाे अधिकृत यादवले वताउनु भयाे ।
गाउँपालिका अध्यक्ष प्रदिप जयसवालकाे सक्रियतामा वडा नं. १ मा २ सय, २ मा २ सय २७, ३ मा १३५, ४ मा एक सय ३०, ५ मा एक सय ३५ र ६ मा एक सय २५ अति गरिब परिवारलाई राहत वितरण गरिएकाे उंहाले वताउनु भयाे ।
पहिलाे चरणकाे राहत अन्तर्गत प्रति घरदुरी चामल ५ किलाे, दाल एक किलाे, आलु २ किलाे, तेल ५०० ग्राम र नुन एक किलाे राहत वितरण गरिएकाे यादवले वताउनु भयाे । अब फेरी प्रदेश सरकारबाट राहत वितरणकाे लागि प्राप्त अनुदान रु १० लाख र गाउँपालिकाबाट त्यसमा रु ५ लाख थप गरी दाेस्रा चरणकाे राहत वितरणकाे तयारी भइरहेकाे प्रशासकिय अधिकृत यादवले जानकारी गराउनु भयाे ।
दाेस्राे चरणकाे राहत वितरण १५ किलाे चामल र २ किलाे दाल वितरण गरिने गाउँपालिकाकाे याेजना रहेकाे छ । बढी घरदुरी रहेकाे २ वटा वडालाई गाउँपालिकाले रु ३ लाख ५० हजार र वाकी ४ वडा वडाकाे लागि २-२ लाख रकम छुट्याएकाे छ । बजेटबाट भ्याए सम्म १५ किलाे चामल र २ किलाे दाल वितरण गर्ने गाउँपालिकाकाे याेजना रहेकाे छ तर केही वडामा राहत वितरण गर्ने घरदुरी संख्या बढ्याे भने फरक पनि पर्न सकने गाउँपालिका कार्यालयले जनाएकाे छ ।