Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पकहा मैनपुरमा राहतकाे विषयमा विवाद, प्रशासकिय अधिकृतमाथी हातपात

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश सिंहमाथी हातपात भएकाे छ । राहत वितरणकाे बिषयमा विवाद हुदा शुक्रबार दिउसाे गाउँपालिकाकी उपध्यक्ष कुशमी देवीले अधिकृत सिंह माथी हातपात गरेकी हुन् ।

लकडाउनमा प्रभावित भएका अति विपन्नको लागि बाँडन शुरु भएको राहतमा अनियमितता भएको भन्दै सोही गाउँपालिकाकी उपाध्यक्ष कुसुमीले अधिकृत सिंहमाथी गालीगलौज गर्दै हातपात गरेकी प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

राहत वितरणकाे लागि गाउँपालिकाले बिशेष सभाबाट छुट्याएकाे रु ७० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाख गरी रु ८० लाखले गाउँपालिकाकाे सबै वडामा राहत वितरण गर्न केही दिन पहिला बसेकाे बाेर्ड बैठकले निर्णय गरेकाे थियाे । उपाध्यक्ष कुशमीका अनुसार बाेर्ड बैठकबाट प्रति घरदुरी २५ कलो चामल, ३ किलो दाल, ५ किलो आलु, तेल १ लिटर लगायतका खाद्यान्न सामग्री राहत वितरण गर्न निर्णय भएकाे थियाे ।

तर बाेर्ड बैठकाे निर्णय विपरित गाउँपालिका अध्यक्ष विजय चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत सिंहले एकलाैटी ढंगले रु १० किलो चामल, दाल ५०० ग्राम, आलु २ किलो लगायतकाे सामग्री बाँडन लाग्दा आफुले त्यसकाे प्रतिकारमा उत्रेको उपाध्यक्ष कुसुमीले बताईन ।

कालिका टाईम्ससंग कुरा गर्दै उपाध्यक्ष कुसुमीले बाेर्ड बैठकाे निर्णय अनुसार सर्बदलिय समिति गठन गरी राहत वितरण गर्नु पर्नेमा अनियमिता भएकाे भन्दै बाध्य भएर आफुले बिराेधमा उत्रनु परेकाे वताइन । साेही बिषयमा साेधपुक्ष गर्ने क्रममा प्रमुख प्रशासकिय अधकृत सिंह संग विवाद भएकाे उनले वताइन ।

यता सरकारी मापदण्ड विपरित राहत वितरण गर्न थालिए पछि राहत पाउने स्थानियहरुले समेत विराेध जनाएका छन् । वडा नम्बर ३ र ४ को केही घरदुरीमा राहत बितरण भए पनि विवाद कै कारण राहत वितरण राेकिएकाे बुझिएकाे छ ।

यस बिषयमा गाउँपालिका अध्यक्ष चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत सिंहसंग बारम्बार फाेनमा सम्पर्क गर्न प्रयास गर्दा पनि फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...