वीरगंज । नेपालीको अवस्था बुझ्न भन्दै भारतकाे क्वारेन्टाइन पुगेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवलाई क्वारेन्टाइनमा राखिएकाे छ ।
भारतकाे रक्साैल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसंग बुधबार भेटन गएका सांसद यादवलाई क्वारेन्टाइनमा राखिएकाे पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले वताउनु भयाे । सांसद यादव सहित उहाँसंग सिमापारी गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएकाे अधिकारी कार्कीले जानकारी गराउनु भयाे ।
यस अघि भारतकाे क्वारेन्टाइन पुगेका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न माग समेत उठेकाे थियाे । क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भेटेर आएपछि यादव सहित उहाँसंग गएका सबै जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने माग उठेकाे थियाे ।
संबिधान सभा सदस्य बिचारी यादबले क्वारेन्टाइनमा पुगेका सांसद सहित सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने र विरगञ्जमा कोरोना भाइरस भित्रिएमा यसको जिम्मेवारी प्रजिअले लिनुपर्ने बताउनु भएकाे थियाे । उहाँले लकडाउनको समयमा प्रजिअबाट चरम लापार्वाही भएको भन्दै यस विषयमा गृह प्रशाशनले छानबीन गरी प्रजिअलाई तुरुन्तै कार्वाही गर्न माग समेत गर्नु भएकाे थियाे ।
यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अनिल रुगंटाले लकडाउनकाे समयमा सिमा पारी जानु कार्य गलत भएकाे वताउनु भएकाे थियाे । उहाँले सब भन्दा पहिला त स्थानिय प्रशासनसंग अनुमती लिएर जानु पर्छ तर त्यसमा पनि लकडाउनकाे समयमा यदी प्रशासन कै अनुमतीमा सांसद यादव भारतकाे क्वारेन्टाइन पुुग्नु भएकाे छ भने त्याे प्रशासनकाे गलती भएकाे वताउनु भएकाे थियाे ।
यसकाे जवाफ प्रशासनले दिनु पर्छ भन्दै रुगंटाले वास्तवमा उहां संक्रमितसंग भेटर आउनु भएकाे छ भने यादव सहितकाे समुहलाई क्वारेन्टाइनमा राख्नु पर्ने माग गर्नु भएकाे थियाे ।
यस्तै नेकपा विरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले सांसद यादव लकडाउनको उल्लंघन गर्दै भारतीय क्वारेन्टाइन गएको र फर्किएपछि क्वारेन्टाइनमा नबसेकाले स्थानिय बासीन्दा त्रसित भएको बताएका थिए । उहाँले संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै नागरिकलाई घरमा नै बस्न आग्रह गरिरहेक अवस्थामा न्युनतम सुरक्षा समेत नअपनाईकन कोरोना प्रभावित देशको क्वारेन्टाइन भित्र जानु गम्भिर गल्ति भएको बताउनुभयो ।
भारतमा संक्रमण तीब्र देखिन सुरु भएताका नै ती नेपालीहरु नेपाल फर्किएका थिए तर लकडाउनका कारण उनीहरु सिमापारी नै रोकिए । भारतीय क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष, एक महिला र करिव एक वर्षका बच्चा रहेका छन् ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरु सम्भावित संक्रमित हुन् त्यसैले उनीहरुलाई १४ दिनसम्म कसैलाई भेट्न दिईदैन । स्वास्थ्यकर्मीहरुले पनि स्पास्थ्य परीक्षण गर्दा पीपीई प्रयोग गरेर मात्रै भेट्ने तथा चेकजाँच गर्नुपर्दछ । यसअघि चीनबाट उद्दार गरि ल्याइएका बिद्यार्थीहरुलाई खरिपाटी क्वारेन्टाइनमा राख्दा १७ दिनसम्म कोही कसैलाई भेट्न दिइएको थिएन ।
सांसद यादवले नेपालीको चिन्ता जताउनु सकारात्मक रहेपनि अहिलेको अवस्थामा भीड सहित न्यूनतन सुरक्षा समेत नअपनाई क्वारेन्टाइन जानु र प्रत्येकलाई भेट्नु भनेको संक्रमण भित्र्याउन उद्रत भन्दै नेताहरुले चिन्ता जनाएका थिए ।
यसै बिच गृह मन्त्रालय समेत जिल्ला प्रशासन कार्यालय पर्सालाई सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएकाे थियाे ।