Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

काेराेना परिक्षणकाे लागि पाेखरियाका क्वारेन्टाइनमा रहेकाहरुकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । काेराेना परिक्षणकाे लागि पाेखरियाकाे क्वारेन्टाइनमा रहेकाहरुकाे आज स्वाब संकलन गरिएकाे छ ।

पाेखरिया नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका ९ जनाकाे काेभिड १९ (काेराेना भाइरस) संक्रमण परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारका स्वकिय सचिव राजु राैनियारले वताउनु भयाे ।

नारायणी अस्पताल वीरगंजका लैबका टोलीद्वारा कोरोना सम्बन्धि चेकचाँजकाे लागि नमुना संकलन गरि लगिएकाे स्वकिय सचिव राैनियारले जानकारी गराउनु भयाे । नगर प्रमुख राैनियार, उप प्रमुख सलमा खातुन, पाेखरिया अस्पतालका डा. अनिल यादव लगायतकाे राेहबरमा नारायणी अस्पतालकाे टाेली काेराेना परिक्षणकाे नमुना सकंलन गरि लगेकाे उंहाले वताउनु भयाे ।

यता केही दिन पहिला पोखरीयामा क्वारेन्टाइन संचालनको लागि मेयर दिपनारायण रौनियार तथा डा. अनिल यादवको पहलमा १० थान पिपिई सेट, सेनिटाइजर, मास्क क्याल ग्रुपदाूरा र ५०० थान गलबस, थरमल गन (ज्वरो जाँचने मेसिन) राष्ट्रिय जनता पार्टीका सह-महासचिव नेजामुदीन शमानीद्वारा हस्तान्तरण गरिएकाे थियाे ।

श्री जिल्ला उचांगल रामदेव कलवार माविमा क्वारेन्टाइनमा रहेकाहरुकाे खाना, नास्ता, स्वास्थ्य चेक जांच लगायतकाे समूर्ण थाेककाे व्यवास्था नगरपालिका कार्यालय तथा पाेखरिया अस्पतालले गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...