पोखरिया । पर्साको पोखरीया नगरपालिका वडा नं. ४ पाेखरिया र वडा नं. ५ सतवरियामा आज राहत वितरण गरिएकाे छ ।
वडा नं. ५ सतवरिया निवासी शुभ लक्ष्मी ईन्टरप्राईजेजका संचालक अजय प्रसाद रौनियारले दुबै वडा अन्तर्गतका ७२ गरिब घरदुरीलाई राहत बितरण गर्नु भएको हाे । राैनियारले प्रत्येक घरदुरीलाई ५ किलो चामल, १ किलो दाल, नुन एक पाकेट, तेल एक पाकेट, भुजा एक किलो, सर्फ १ किलो, कपडा धुने र नहाउने साबुन दुई/दुई पीसका दरले बितरण गरेका हुन् ।
रौनियारको निजी निवासमा सतवरियाबाट पूर्व सांसद रामेश्वर रौनियार, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी र संचारकर्मी शेैलेश गुप्ता लगायतकाले राहत बितरण गरेका थिए ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउमा प्रभावित गरिब घर परिवारलाई राहत वितरण गरिएकाे राैनियारले वताउनु भयाे ।