Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

कालिकामाईकाे वडा नं. १, २ र ४ मा राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा आज राहत वितरण गरिएकाे छ । वडा कार्यालयले वडा अन्तर्गतकाे  ३ सय ७० गरिब परिवारलाई राहत बितरण गरेको वडाध्यक्ष रामशिष यादवले वताउनु भयाे ।

सर्वदलिय बैठकबाट पारित भएका अनुसार वडाका अति गरिब परिवार प्रति घरदुरीलाई राहत स्वरुप चामल ८ किलो,  दाल १ किलो,  तेल १ किलो,  नुन १ किलो, आलु २ किलोकाे दरले बितरण गरिएको गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले बताउनु भयाे ।

श्री जनता माध्यमिक बिधालयबाट वडा अन्तर्गतका मुडली, रबिदास र टिनडाेबियाका गरिब घर परिवारबाट एक/एक जनालाई पालाे पालाे बाेलाई विभिन्न राजनितिक दलकाे प्रतिनिधिकाे राेहबारमा राहत वितरण गरिएकाे ठाकुरले वताउनु भयाे । बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउमा समस्या भएकाहरुकाे राहत वितरण गरिएकाे हाे ।

यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा समेत राहत विरतण गरिएकाे छ । वडा कार्यालयबाट आइतबार बिहान वडा अन्तर्गतका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएकाे पानालाल चाैरसियाले वताउनु भयाे ।

वडा अध्यक्ष साेनालाल चाैरसियाकाे नेतृत्वमा लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई राहत वितरण गरिएकाे चाैरसियाले वताउनु भयाे ।

यस्तै कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरमा समेत आज राहत वितरण गरिएकाे छ । वडा अन्तर्गतका २ सय अति गरिब परिवारलाई चामल १५ किलाे, आलु २ किलाे, दाल १ किलाे, नुन १ किलाे, साेेवाबिन २५० ग्राम र नुहाउने साबुन १ पिसका दरले वितरण गरिएकाे वडाध्यक्ष हरिओम साह कलवारले वताउनु भयाे ।

वडा कार्यालयबाट प्रदेशकाे बजेट रु १ लाख ८० हजारबाट विभिन्न राजनिति कदलकाे प्रतिनिधिकाे राेहबरमा राहत वितरण गरिएकाे वडाध्यक्ष कलवारले वताउनु भयाे ।

यता कालिकामाई गाउँपालिका कै वडा नम्बर ३ हरिहरपुर बिर्तामा आज साबुन वितरण गरिएकाे छ । वडा अन्तर्गतका १ सय गरिब परिवारलाई स्थानिय समाजसेवी नागेन्द्र चौरसियाले एक/एक पीस साबुन बितरण गर्नु भएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...