Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंजकाे अपाैनीमा झडप र ढुंगामुडा, १६ जना घाइते

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २० अपाैनीमा गएराती दुई पक्ष बिच झडप हुदा १६ जना घाइते भएका छन् । स्थानिय नागेन्द्र नट र रामप्रबेश यादव पक्ष बिच आइतबार राती ८:३० बजे भएकाे झडपमा १६ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय सुगाैलीका प्रहरी नायब निरिक्षक अर्जुन कुमार साहले वताए ।

घाइते हुनेमा नट पक्षका बर्ष १६ की निकी कुमारी, बर्ष ४० की रुपकली देवी, बर्ष १८ का राकेश सिंह नट, बर्ष ३५ की विभा देवी, बर्ष १२ का अकलेश राय, बर्ष १८ की सुमन कुमारी, बर्ष १५ की दिपिका देवी, बर्ष १४ का धर्मेन्द्र राय, बर्ष ३५ की सुमिन्त्रा देवी, बर्ष ४० का किशाेरी राय नट, बर्ष ४५ का शंकर लाल राय र बर्ष ३० की इन्दु देवी रहेका छन् ।

घाइतेहरुकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ भने घाइते मध्ये इन्दु, सुमिन्त्रा लगायत केही महिला घाइतेकाे अवस्था गम्भिर समेत रहेकाे छ ।

यस्तै यादव पक्षका बर्ष ३२ का संजय कुमार यादव, बर्ष ३६ का इशव चाैरसिया, बर्ष  १३ का दर्शन यादव र बर्ष २६ का अर्जुन पटेल समेत घाइते भएकाे इलाका प्रहरी कार्यालय सुगाैलीले जनाएकाे छ ।

आइतबार दिउसाे नागेन्द्र नटका छाेरा र रामप्रबेश यादवकाे छाेरा बिच क्रिकेट खेल्ने क्रममा विवाद भएकाे थियाे । साेही समयमा नाम नखुलेका नटका छाेरा यादवका १३ बर्षिय छाेरा दर्शन यादवलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते दर्शनकाे नाकबाट खुन निस्केकाे देखेर उनका घर परिवारकाे व्यक्ति आक्राेशित भएका थिए ।

स्थानियका अनुसार आइतबार सांझ ६ बजे यादव पक्षले घटना बारे इलका प्रहरी कार्यालय सुगाैलीमामा निवेदन समेत लिएर गएका थिए । प्रहरीले निवेदन बुझ्दै भाेली विहान घटना बारे दुबैै पक्ष बिच छलफल गरिने वताए पछि उनीहरु घर फिर्ता भएका थिए । तर त्यसकाे केही घण्टा मै दुई पक्ष बिच पुन: झडप हुन पुग्याे ।

यादव पक्षले नटकाे घरमा पुगी घटना बारे साेधपुक्ष गर्ने क्रममा विवाद हुदा दास्राे पटक राति ८ : ३० बजेकाे समयमा झडप भएकाे बुझिएकाे छ । झडपकाे क्रममा दुई पक्ष बिच ढुंगामुडा हानाहान समेत भएकाे प्रहरीले जनाएकाे छ ।

झडपकाे क्रममा एउटा माेटरसाइकल र किराना पसलमा समेत क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ना. ३८ प. ५७७१ नम्बरकाे सुपर स्पलेन्डर माेटरसाइकल र किशाेरी राय नटकाे किराना पसलमा क्षति पुगेकाे इलाका प्रहरी कार्यालय सुगाैलीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...