Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

बहुदरमाईमा राहत वितरण गर्न सर्वदलिय समिति गठन

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा आज राहत वितरण सबन्धमा सर्वदलिय बैठक सम्पन्न भएकाे छ ।

- Advertisement -

श्री ने.रा. अधारभुत विद्यालयमा बसेकाे सर्वदलिय बैठकले प्रदेश सरकारकाे नियम अनुसार राहत वितरण गर्न वडाध्यक्ष जितेन्द्र पटेललेकाे संयाेजकत्वमा १० सदस्यीय राहत वितरण समिति गठन गरेकाे छ । जुन समितिकाे सदस्यमा नेकपाका प्रदिप कुमार साह, नेपाली कांग्रेसका सुनिल यादव, समाजवादी पार्टीका मनाेज पटेल, राजपाका श्रवण राउत कुर्मी, नेपाल प्रहरीका दिपेन्द्र प्रसाद यादव, स्थानिय विद्यालय श्री ने.रा. अधारभुत सिसियाडी बैरियाका प्रअ विजय साह लगायतका रहेका छन् भने समितिकाे  सदस्य सचिवमा वडा सचिव यमलेश गद्दी रहेका छन् ।

यस्तै बैठकले श्री ने.रा. अधारभुत सिसियाडी बैरियामा १० बेडकाे क्वारेन्टाइन बनाउने समेत निर्णय गरेकाे राहत वितरण समितिका सदस्य समेत रहेका विद्यालयका प्रअ विजय साहले वताए । विद्यालयमा निर्माण गरिने सुबिधा सम्पन्न क्वारेन्टाइनकाे सुबिधाकाे लागि विद्यालयले पनि सहयाेग गर्ने प्रअ साहले जानकारी गराए ।

सर्वदलिय बैठकमा पूर्व गाबिस अध्यक्ष प्रेमचन्द्र कुशवाहा, नेपाली कांग्रेसका माेतिलाल यादव, राजपाका कृष्ण पटेल, समाजसेवी शम्भु साह, केदार प्रसाद साह, अमबिका ठाकुर, मगनी साह, वडा सदस्य अक्षय यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै बहुदरमाइ नगरपालिकाकाे वडा नं.८ रामनगरीमा समेत सर्वदलिय बैठक सम्पन्न भएकाे छ । वडाध्यक्ष पुनिलाल साहको अध्यक्षतामा बसेकाे सर्बदलिय बैठकले लक्षित समूह पहिचान तथा राहत बितरण गर्न समिति गठन गरेकाे छ ।

बैठकले वडाध्यक्ष साहको संयोजकत्वमा राहत विरतण समिति गठन गर्नुकाे साथै सोही वडामा रहेको श्री दे.दे.मा.बि. मा १५ बेडकाे कवरेन्टाइन बनाउने समेत निर्णय गरेकाे छ।

साे अवसरमा वडाध्यक्ष साहले लकडाउनमा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, नियमित रुपमा सबुन पानीले हत धुन, समाजिक दुरि ३ फिट अर्थात १ मिटरको बनाई राख्न, कोरोनाको लक्षण देखा परेमा स्वास्थ्य जाँच गराउने लगायतको अनुरोध गरेका थिए ।

बिश्वब्यापी महामारीको रुमा फैलिएको कोरोना भाइरस (COVID 19) संक्रमणलाई रोक्न नेपाल सरकारले गरेकाे लकडाउनमा गरिब, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने, किसान लगाएत लाई मध्यन्जर गरि  कोरोना भाइरस संक्रमण COVID19 प्रभावित गरिब, श्रमिक, मज्दुर तथा आर्थिक रुपमा बिपन्न किसानलाई राहत बितरण निर्देशिका २०७६ अनुसार गरिने समेत बैठकले निर्णय गरेकाे वडाध्यक्ष साहले वताउनु भयाे ।

महामारीको समयमा विभिन्न ब्याक्ती,संघ/संस्था, निज क्षेत्रबाट राहात बितरण भइरहेकोमा एकद्धार प्रणालीबाट राहत बितरण गर्न समेत अनुरोध गरिएकाे साहले वताउनु भयाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

परवानीपुर गोल्डकप : निजगढ फुटबल क्लब सडेनडेथमा बिजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको आइतबारको खेलमा निजगढ फुटबल क्लब निजगढले सडेनडेथमा जित निकालेको छ । परवानीपुर खेल मैदानमा जारी दोस्रो दिनको खेलमा...

सर्वोच्चको फैसला कार्यान्वयनसँगै वीरगंज मेनरोड विस्तार सुरु, “कानुनभन्दा माथि कोही छैन”

वीरगंज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कार्य...

‘नाच रे पतरकी’ सार्वजनिक, सद्दाम–रेबिकाको जोडी चर्चामा

काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारीको अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ।  सप्तरङ्गी फिल्मको प्रस्तुतिमा तयार भएको यो गीत...