26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राहत वितरणकाे बिषयमा भएकाे झडपका दाेषी ५ जनामाथी मुद्दा दर्ता

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १९ बर्वामा राहतकाे बिषयलाई लिएर भएकाे झडमा दाेषी देखिएका ५ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेकाे छ ।

स्थानिय जगन प्रसाद यादव, विकाश कुमार यादव, सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको हाे ।

इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरु बिरुद्ध मुद्धा चलाएको हो । राहत बितरणकालागि नामावली संकलनको क्रममा भएको बिवादमा कुटपीटमा संलग्न पाँच जना बिरुद्ध सार्वजनीक अपराधको मुद्धा दर्ता गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

राहत वितरणको लागि नाम संकलन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा टोलमा प्रभू यादव र उपेन्द्र यादव पक्षवीच कुटाकुट भएको थियो ।  कुटाकुटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेका थियो ।

पक्राउ गरिएका मध्य पाँच जनाविरुद्ध मुद्दा चलाइएको र अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको प्रहरी निरिक्षक सिंहले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.099 sec. Memory consumption:81.5 mb