वीरगंज । वीरगंज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले आज तयारी खाद्यान्न वितरण गरेको छ ।
कोरोना संक्रमणका राेकथामकाे लागि नेपाल र भारतमा लकडाउन भएका कारण भारतीय कामदार घर फर्किने क्रममा मितेरी पुलमा अलपत्र परेका सयाैैं जनालाई युवा संघले खाद्यान्न वितरण गरेकाे हाे । मितेरी पुलमा भारतिय कामदारहरु महिला, बच्चा सहित भोकै अलपत्र परेको स्थानीय एक पत्रकारले खबर गरेपछि अकास्मत त्यहां पुगि तयारी खाद्यान वितरण गरिएकाे राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले वताउनु भयाे ।
युवा संघ पर्साका संयोजक महम्मद निजामको नेतृत्वमा गएको टोलिले २० कार्टुन पानी, भुजा, बच्चाको लागी बिस्कुट र चाउचाउ वितरण गरेको केन्द्रिय सदस्य यादवले बताउनु भयो । खाद्यान वितरण टाेलीमा केन्द्रिय सदस्य विमल पौडेल, युवा संघका नेता मुकेश पाल लगायतकाे सहभागिता रहेकाे थियो।