29.8 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

नेपाल प्रबेश गर्न नदिए पछि भारतियद्वारा प्रहरीमाथी नै हातपात, एक जना पक्राउ

वीरगंज । नेपाल प्रबेश गर्न नदिए पछि भारतियहरुको एक समुहले प्रहरीमाथी नै हातपात गरेका छन् ।

पर्साको ग्रामिण स्थित खुल्ला सिमा नाका भएर प्रबेश गर्न खोज्ने ४/५ जना भारतियहरुको समुहले प्रहरी चौकी प्रसौनी भाठाका डिउटीमा खटेका प्रहरीमाथि हातपात गरेका हुन ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनी भाठा स्थित मधुवाको खेतबारीको खुल्ला सिमा भएर तिनीहरु नेपाल प्रबेश गर्न खोजेका थिए । लकडाउनको समयमा जबर्जस्ती नेपाल प्रबेश गर्न खोज्नेलाई प्रहरिले रोक्न खोज्दा उल्टै प्रहरीमाथी नै हातपात गरे पछि ति मध्येका एक जनालाई पक्राउ गरिएको र अरु जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

भारत बिहार पुर्वि चम्पारण कुकुहिया १३ निवासी बर्ष ३५ का अवधेश महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनु भयो । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रहरीमाथी हातपात गर्नेहरुको पहिला देखि नै नेपाल प्रबेश गरि रक्सी खाएर आउने जाने बानी रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.015 sec. Memory consumption:82.49 mb