24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

काेराेना भाइरसका कारण विवाह पनि राेकिदै

वीरगंज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा गरिएको ‘लकडाउन’ ले पर्सामा एक संचारकर्मी सहित दुईजनाको विवाह रोकिएको छ ।

मंगलबारदेखि नेपालमा र बुधबारदेखि भारतमा गरिएको ‘लकडाउन’ ले बीरगन्जका संचारकर्मी जाकिर हुसेन र बहुदरामाई नगरपालिका वडा नम्बर ५ भौराटारकी एक युवतीको विवाह स्थगित भएको हो । दुबै जनाकाे विवाहकाे कार्ड समेत वितरण भइसकेकाे थियाे ।

न्युज २४ टिभीमा पर्साबाट क्यामरा पर्सनको रुपमा कार्यरत वीरगन्ज १० घडिअर्वाका जाकिरको विवाह यहि चैत १५ गते र १७ गते रिसेप्सन पार्टी गर्ने तय भएको थियो । देश नै लक डाउन भएपछि आफ्नो विवाह रोकिएको सन्देश हिजो मंगलबार जाकिरले घर मै बसेर साथीभाइ र इस्टमित्रलाई म्यासेन्जर मार्फत जानकारी गराएका छन् ।

उनले म्यासेन्जरमा लेखेका छन्, “कोराना भाईरसले मेरो विहे र पार्टी रोकिएको छ । यसबारे थप जानकारी पुनः मिति तय भएपछि जानकारी गराउछु । धन्यवाद !” कोरोना भाइरस नियन्त्रण गर्न सरकारले देश नै लक डाउन गरेकोले दुई महिना अघि तय गरिएको पत्रकार जाकिरको विवाह अहिलेका लागि स्थगित गरिएको हो । चैत १५ गते पर्साको चौकिया बैरिया ९ निवासी कलामुन नेशा खातुन संग जाकिरको विवाह हुने तय भएको थियो ।

त्यस्तै बहुदरामाई नगरपालिका वडा नम्बर ५ का शंकर प्रसाद कुश्वाहाकी छोरीको पनि यहि चैत १६ गते भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको चेगौना ग्रामका युवकसँग विवाह तय भएको थियो । विवाहको सबै तयारी भएपनि दुवै देशमा भएको ‘लकडाउन’ ले विवाह रोकिएको दुलहीका बुबा शंकर प्रसाद कुश्वाहाले बताए ।

यस्तै चैत २० गते तय भएकाे बाराकाे प्रसाैनीगाउँपालिका निवासी एक युवककाे विवाह पनि अन्याेलमा परेका छ । भारत बिहारकाे साठीकी केटी संग हुन लागेकाे मुस्लीम समुदायका युवककाे विवाह अन्याेलमा परेकाे वताइएकाे छ ।  काेराेना भाइरस संक्रमण राेकथामकाे लागि दुबै देशमा लक डाउन भएका कारण अन्याेलमा परेकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.898 sec. Memory consumption:81.47 mb