26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लागु औषध गाँजा सहित पर्साका ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं. ५ पटनीबाट लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया मातहतकका प्रहरी चाैकी महुवनले आइतबार राती ९:३० बजे पटनी स्थितबाट १८ किलाेग्राम लागु औषध गाँजा सहित तिन जनालाई पक्राउ गरेकाे पर्सा प्रहरी प्रवक्ता बिरेन्द्र साहीले वताउनु भयाे ।

बिशेष सुचनाकाे आधारमा खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नं. ५ पटनी निवासी ५५ बर्षिय राधाकृष्ण राउत अहिर, सोही ठाउँ निवासी ५० बर्षिय लक्ष्मण महतो कोइरी र पकहा मैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मन्द्रिका सहनीलाई नियन्त्रमा लिएकाे प्रहरी नायब उपरिक्षक साहीले वताउनु भयाे ।

तिनै जना सवार बि.आर. ०५ एफ ६५६६ भारतिय नम्बरका मोटरसाइकललाई चेकजांच गर्दा लागु औषध बरामद भए पछि मोटरसाइकल सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:2.982 sec. Memory consumption:81.83 mb