21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

काेराेना भाइरस संक्रमण राेकथाम सम्बन्धमा जनचेतना

वीरगंज । पर्साको पोखरियामा काेराेना भाईरस संक्रमण राेकथाम सम्बन्धमा जनचेतना मूलक कार्यक्रम आज सम्पन्न भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पोखरिया बजारको बस स्टेनमा भएकाे कार्यक्रममा काेराेनाबाट बाच्न साबुन पानीले हाथ धुन र सेनिटाइजर प्रयाेग बारे सिकाइएकाे थियाे । कार्यक्रमा साबुन पानीले बारम्बार हात धुन, सेनिटाइजर तथा माक्सको प्रयोग गर्न लगायतका कुरा बारे ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंह तथा हेलथ किलनीक पोखरियाको डा. घनश्याम यादवले सिकाएका थिए ।

काेराेनाबाट बाच्न माक्सकाे प्रयाेग गर्नु पर्ने, बारम्बार साबुन पानी हात धुन, सेनिटाइजरकाे प्रयाेग गर्न, नाक तथा मुखमा हातले नछुन र हात नमिलाउन कार्यक्रममा बाेल्ने वक्ताहरुले आग्रह गरे । कार्यक्रमको सहजीकरण स्थानीय युवाहरु सुजित गिरी, सांतोष कुमार, राकेश कुमार, नौसाद आलम, भगवान दास तत्वा लगायतकाले गरेका थिए।

कार्यक्रम इलाका प्रहरी कार्यालय पाेखरिया, सशस्त्र प्रहरी बल पाेखरिया र नागरिक विकास समन्वय समिति पाेखरियाकाे सहयाेग तथा वृक्ष फाउन्डेसनकाे आयाेजनामा भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.331 sec. Memory consumption:81.5 mb