22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नारायणी अस्पतालमा उच्च शतर्कता

वीरगंज । नारायणी अस्पतालले उपचारका लागि आउने जो कसैलाई पनि थर्मल जाँच पछि मात्रै प्रबेस दिन थालेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन अस्पतालले उपचारका लागि आउने सबैलाई गेटमै थर्मल जाँचको व्यवस्था मिलाएको छ । थर्मल जाँच गरेर मात्रै प्रवेश दिन थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

थर्मल जाँचका लागि अस्पतालले ६ जना स्वयम् सेवक परिचालन गरेको छ । उनिहरू अस्पतालको गेटमा थर्मल चेकका लागि स्ट्याण्डवाई रहने पनि उहाँले बताउनुभयो ।

यस्तै अस्पतालको आइसोलेसन वार्ड र ओपिडि वार्डमा स्यानिटाइज गरिएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको भिडभाड हुने भएकाले उच्च सतर्कता अपनाईएको सुपरिटेण्डेण्ट डा. उपाध्यायले बताउनु भयो ।

यता नारायणी अस्पतालकाे बन्द डायलासिस सेवा आज देखी सुचारु भएकाे छ । केमिकल अभावका कारण चैत ५ गते देखी बन्द रहेकाे डायलासिस सेवा पुन: संचालनमा आएकाे अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:4.934 sec. Memory consumption:81.83 mb