Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

एक सय २५ सिसिकाे नयाँ पल्सर माेटरसाइकल बजारमा

spot_img
spot_img

पर्सा । वीरगंज बजारमा एक सय २५ सिसिकाे पल्सर माेटरसाइकल आएकाे छ । वीरगंज स्थित भारतिय राजदुतावास नजिक रहेकाे रिसभ मोटर्सले आज देखी औपचारिक रुपमा एक सय २५ सिसिकाे नयाँ पल्सर माेटरसाइकल बजारमा ल्याएकाे हाे ।

एक कार्यक्रमका बिच डेभलपमेन्ट समाज पर्साका अध्यक्ष राहुल साहले रिबन काटी तथा नयाँ पल्सर माेटरसाइकलबाट पर्दा हटाई उदघाट्न गरे । उद्घाट गर्दै साहले नेपालमा बजाजका बाइकहरू निकै चर्चित रहेकाे वताए । उनले युवादेखि पाको उमेर समूहका लागि बजाजले धेरै मोडलका बाइक बजारमा ल्याएको वताए ।

उनले भने “नेपालमा बजाज पल्सर माेटरसाइकल लोकप्रिय मानिन्छ, लोकप्रियता घट्न नदिन बजाजले विभिन्न मोडल भित्र्याइरहेको छ ।”बजाजले महंगोदेखि सस्तोसम्म, विभिन्न मोडलको उच्च गुणस्तरीय मोटरसाइकल भित्र्याउने हुँदा नेपालमा यसको लोकप्रियता बढेको उनकाे भनाई थियाे ।

उदघाट्न कार्यक्रममा रिसभ मोटर्सका संचालक संजय कुमार रौनियार, अरुण कुमार चौबे, बृजकिशोर पटेल, रूपेश साह, राज कुमार बैठा लगायतकाे उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...