24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द, बिरामीहरु मर्कामा

वीरगंज । नारायणी अस्पताल विरगंजकाे डायलासिस सेवा बन्द हुदा बिरामीहरु मर्कामा परेका छन् । सेवा बन्द हुदा डायलासिस गराउन अस्पताल पुग्ने बिरामीहरु बिचल्लीमा परेका छन् ।

अस्पताल प्रशासनकाे लपरवाहीले सेवा बन्द हुदा आफुहरु बिचल्लीमा परेकाे पिडित विरामीहरुले वताएका छन् । दिनहु १६ देखी १८ जना सम्मका बिरामीहरु डायलासिसकाे लागि नारायणी अस्पताल पुग्ने गर्छन । हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा अस्पतालले सुचना नै टांस गरी अनिश्चितकालकाे लागि बन्द गरेकाेले पिडित बिरामीहरु झन पिडामा परेका छन् ।

वीरगंजकाे एक मात्र सरकारी नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द हुदा मृत्यु संग लड्न बिरामीहरु बाध्य भएका हुन् ।

अस्पतालकाे मौज्दातमा एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएकाेले सेवा बन्द गरिएकाे अस्पतालले जनाएकाे छ । केमिकल उपलब्ध नहुन्जेल सम्मकाे लागि मिति २०७६ चैैत ५ गते देखी सेवा बन्द गरिएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

उनले भने “बजारमा केमिकल नपाएकाेले सेवा बन्द गरिएकाे हाे, केमिकल पाए पछि मात्र सेवा सुचारु गर्न सकिन्छ । नेपालकाे कुनै पनि ठाउँमा केमिकल पाइरहेकाे छैन्, पायाे भने आजैबाट सेवा सुचारु हुन सक्छ नत्र कहिले देखि हुन्छ भन्न सकिदैन् ।”

तर वीरगंज स्थित नै निजी अस्पताल र काठमाण्डाै लगायका अन्य ठाउँमा डायलासिस सेवा सुचारु रहेकाे छ । निजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्ने गर्छ भने सरकारी अस्पतालमा निशुल्क रहकाे छ ।

अन्य ठाउँमा डायलासिस सेवा सुचारु हुनु र नारायणी अस्पतालमा केमिकल अभाव हुनु अस्पताल प्रशासनकाे लापरवाही देखिएकाे पिडित बिरामी किशनाउती देबीले वताइन । उनले भनिन “केमिकलकाे प्रबन्ध त पहिला देखी नै गर्नु पर्ने हाे, सके पछि त गर्ने हाेइन नि ? प्रश्न गर्दै अस्पतालले कसैकाे जान संग खेल्वाड गर्न पाइदैनन् ।”

किशनावती जस्तै डायलासिसकाे लागि अस्पताल पुगेका सिता देवी, पुजा गुप्ता, रुमैसा खातुन, फुनेसा खातुन, आयसा खातुन, पुजा कुमारी लगायत बिरामीहरु डायलासिस नहुदा बिचल्लीमा परेका छन् ।

डायलासिस शुल्क निजि अस्पतालमा महंगाे हुदा मध्यम र गरिब परिवारका बिरामीहरु सरकारी अस्पतालकाे निशुल्क सेवा बन्द हुदा मृत्यु संग लडन बाध्य भएकाेले सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी रहेकाे बिरामीहरुकाे आफन्तजनकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.787 sec. Memory consumption:81.51 mb