Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सखुवा प्रसाैनीकाे सबै वडामा ३ महिने सिलाईकटाइ तालिम

spot_img
spot_img

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको सबै वडामा आज देखी ३ महिने सिलाईकटाई तालिम सुरु भएकाे छ । वडा नं. ५ महुवनमा तालिमकाे एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गर्नु भयाे ।

वडा नम्बर १ देखी ६ सम्मका एकल महिला, असहाय, बिपन्न, गरीब महलिालाई सिलाईकटाईको तालिम दिई आत्म निर्भर बनाउने उद्देश्यले सिलाईकटाई तालिम सबै वडामा दिने गरिएको अध्यक्ष जयसवालले बताउनु भयाे । प्रत्येक आर्थिक बर्षमा २० देखी ३० जना सम्म सबै वडाका महिलालाई तालिम दिई सक्ष्म बनाउने उदेश्य सहित बिगतका बर्ष देखी यो कार्यक्रम शुरु गरिएको जानकारी गराउनु भयाे ।

सबै वडामा सिलाईमसिन सहित सिलाईकटाई तालिम भइरहेकाे र सो तालिम केन्द्रमा गई सिक्ने र सक्ष्म भई रोजगारी पाउने अध्यक्ष जयसवालको दावी रहेको छ ।

सखुवाप्रसौनि गाउँपालिकामा अहिले सम्म ६ वटा बडामा ९० जना गरीब, असहाय र एकल महिलालाई सिलाई मसिन पनि बितरण गरि रोजगार बनाइएको छ । तालिम लिई सिलाई मसिन पाएकी महिलाहरु ब्यक्तिगत आम्दानी गरी सक्ष्म बनिरहेको समेत अध्यक्ष जयसवालले बताउनु भयाे ।

वडाध्यक्ष रुपलाल यालवकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष जयसवालकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएकाे थियाे । गाउँपालिकाकाे आयाेजनामा तालिम संचालन भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...