22.1 C
Birgunj
6 April 2025
KALIKATIMES.COM

पर्सामा लामखुट्टे आतंक बढे, स्थानिय सरकाकाे ध्यान पुग्न जरुरी

वीरगंज । माैसम परिवर्तन संगै वीरगंज महानगर लगायत पर्साकाे अन्य स्थानिय तहमा समेत लामखुट्टे आतंक बढेकाे छ ।

वीरगंज महानगर लगायत ग्रमिण भेगकाे दक्षिण तथा सिमा क्षेत्रकाे स्थानिय तहहरुमा बढी लामखुट्टे आतंक बढेकाे स्थािनयहरुले वताएका छन् । जंगल नजिक र उत्तरी क्षेत्रमा रहेका स्थानियह तहहरुमा अलि कम लामखुट्टे आतंक रहेकाे छ ।

स्थानियहरुका अनुसार पर्साकाे वीरगंज महानगरपालिका, विन्दवासिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका लगायतकाे ठाउँमा लामखुट्टेहरुकाे विगविगी बढेकाे हाे ।

केही दिन यता लामखुट्टे आतंक बढे पनि सम्बन्धित सरकारकाे ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे गरेका छन् । लामखुट्टेका कारण दिनमा समेत आफ्नाे घर र कार्यालय भित्र बस्न नसक्ने अवस्था रहेकाे स्थानियहरुकाे भनाई छ ।

लामखुट्टे धपाउन वीरगंज महानगरपालिकाले विगतकाे समय समयमा औषधी छर्ने काम गरे पनि केही समय यता त्याे पनि नगरेका कारण लामखुट्टे आतंक बढेकाे महानगरवासीहरु वताउँछन् । केही समय यता पर्साकाे ग्रामिण भेगहरुमा पनि लामखुट्टेकाे संख्यामा वृद्धि हुने थालेकाेले अन्य स्थानिय तहमा पनि लामखुट्टे धपाउन औषधी छर्नु पर्ने देखिन्छ ।

स्थानिय तहहरु संग त्याे गर्न सक्ने अधिकार रहेकाेले लामखुट्टे धपाउन औषधी छर्नु पर्ने ग्रुामिण भेगका गाउँ तथा नगरवासीहरु वताउँछन् । लामखुट्टे आतंक बढे संगै डेङ्गुकाे विरामी समेत बढन थालेकाेले समय मै सवधानी अपनाउन जरुरी रहेकाे उनीहरुकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:7.314 sec. Memory consumption:82.49 mb