21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

मिस नेपाल २०२० को वीरगंज अडिशन हुदै

वीरगंज । द हिडन ट्रेजरले आयोजना गर्न लागेको मिस नेपाल २०२० को लागि वीरगंज अडिशन यही चैत्र ४ गते हुने भएको छ ।वीरगञ्जमा आज आयाेजकले पत्रकार सम्मेलन गर्दै अडिशनको बारेमा जानकारी गराएको हो ।

यसअघि नेपालगञ्ज, बुटवल, पोखरा र बिर्तामोडको अडिशन भइसकेको र विगतमा वीरगंजबाट २ जनाले मिस नेपालको उपाधि हात पारीसकेको हुँदा यस वर्ष पनि उत्साहजनक सहभागिताको अपेक्षा सहित वीरगंज आयोजना गर्न लागिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

राजधानी केन्द्रित नभएर देशका मुख्य मुख्य शहरमा सबैलाई समेट्ने गरी देशका ८ वटा शहरमा सञ्चालन गरीने अडिशन अन्तर्गत यसअघि ४ वटा शहरमा भइसकेका छन् ।

अडिशनका लागि प्लस टु उतिर्ण गरेको र ५ फिट ४ इन्च उचाई भएका सबैले सहभागिता जनाउन सक्ने अध्यक्ष कर्णिकारले बताउनुभयो ।

वीरगंज अडिशनका लागि सोमबार वीरगंजकाे भिस्वा होटेलमा सहभागिहरुलाई अभिमुखीकरण दिइने र मंगलवार अडिशन हुने जनाइएकाे छ ।

मिस एसिया प्यासिफिक २०१४ निलम चन्दले सुन्दरी प्रतियोगिता क्षमता र प्रतिभा भएका युवतिहरुलाई कोषेढुंगा सावित हुने आफ्नो अनुभव सुनाउनुभयो ।

यस मार्फत कलाकारीता, समाजसेवा, लगायतका थुप्रै क्षेत्रमा प्रवेश गर्न सकिने बताउनुभयो । वीरगंज पव्लिक कलेजमा भएकाे पत्रकार सम्मेलनमा बीरगंज आयोजक सहयोगी रोट्रेक्टर आयुष गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.486 sec. Memory consumption:81.5 mb